site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओलीले पार्टी एकता नगर्ने घोषणा गर्नुभयो : बेदुराम भुसाल
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता बेदुराम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले एकता नगर्ने शंखघोष गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव राख्दै ससर्त जेठ ३ मा फर्कन तत्पर रहेको बताएका थिए ।

बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै नेता भुसालले पार्टी अध्यक्ष ओलीले औपचारिकरूपमा जेठ ३ मा नफर्कने घोषणा गरेको र यसले उनी पार्टी एकता चाहँदैनन् भन्ने प्रष्ट भएको बताएका छन् ।

“उहाँले नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताउनुभएको छ । त्यसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने शर्त राख्नुभएको छ,” उनी प्रस्ताव केलाउँदै विवेचना गर्छन्, “त्यो भनेको जेठ २ का फर्कन्न र जेठ २ लाई आधार बनाएर पार्टी एकता गर्दिन भनेको हो ।”

त्यस्तै, उनले प्रधानमन्त्री ओली एकताविरोधी रहेको अर्को तथ्य पनि पेस गरे । प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्तावको दोस्रो बुँदामा मातहतका पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूत रूपमा २०७५ जेठ  ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताएका छन् । यसले पनि उनी एकताविरोधी रहेको प्रष्ट हुने उनको भनाइ छ । “हामी जेठ २ अघिका पार्टी कमिटी, निकाय क्रियाशील हुनुपर्छ भन्दैछौँ । तर उहाँले मूलभूतरूपमा फर्काउने भन्नुभएको छ,” भुसाल आफ्नो तर्कमा उभिन्छन्, “त्यसको तात्पर्य के हो भने जेठ २ अघिका कमिटीमा आफ्ना मानिस राख्ने, विरोधी मत राख्नेलाई अस्वीकार गर्ने नै हो ।”

लोकतन्त्र बचाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन

एमाले अध्यक्ष ओलीले प्रस्तावको चौथो बुँदामा आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त अघि सारेका थिए । यो नै मुख्यरूपमा एकताविरोधी शर्त रहेको भुसालको बुझाइ छ । “अरू त सैद्धान्तिक कुरा हुन् । मुख्य रूपमा यो बुँदाले नै एकताको खण्डन गरेको छ,” उनी भन्छन्, “हामीले त हस्ताक्षर फिर्ता होइन, ओलीले आफ्नो कदम गल्ती थियो भनेर भन्नुहोस्, सच्चिनुहोस् भनेका छौँ । तर, उहाँले एकता हस्ताक्षर फिर्ताका शर्त स्वीकारे मात्रै जेठ २मा फर्कने होइन, जेठ ३ कै कमिटी क्रियाशील तुल्याउने कुरा गर्नुभयो । त्यसकारण ६ बुँदे प्रस्तावको कुनै अर्थ छैन ।”

उनले विपक्षी गठबन्धनमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नभइ लोकतन्त्र, संविधानको रक्षार्थ हस्ताक्षर गरेकोले फिर्ता नहुने अडान लिए । “हामीले लोकतन्त्र बचाउनका निम्ति गरेको हस्ताक्षर कसरी फिर्ता हुन्छ ?,” उनी प्रश्न गर्दै भन्छन्, “त्यो मिल्ने कुरा नै होइन ।”

झलनाथ–माधव नेपाललाई बाहिर राखेर एकता ?

प्रधानमन्त्रीको प्रस्तावको पाँचौँ नम्बरको बुँदाले ओलीको नियत उदाङ्गो पारेको उनको ठहर छ । प्रधानमन्त्री ओलीले उप्रान्त कुनै कारबाही गरिने छैन भनेर यसअघिको कारबाही सही थियो भनेर पुष्टि गर्न खोजेको खनाल–नेपाल पक्षको बुझाइ छ ।

“झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावलसहितका नेताहरूलाई गरेको कारबाही फिर्ता नहुने,” भुसाल पनि भन्छन्,यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन भनेर भन्न खोजेको के हो ?”

उनले झलनाथ खनाल र माधवकुमार नेपाललाई बाहिर राखेर गरिने एकता कस्तो एकत हो भनेर प्रश्न पनि गरेका छन् ।

खनाल–नेपाल समूहले आजै एकीकृत धारणा तय गर्ने भएको छ । मध्याह्न १२ बजे बस्ने भर्चुअल बैठकमा यसबारे छलफल हुने र त्यसपछि मात्रै साझा धारणा आउने उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro