site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
प्रदेश १ मा ९८२ जना काेराेना संक्रमणमुक्त, ७६४ संक्रमित थपिए
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा बिहीबार ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ७६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जुमा  ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, कोशी गाउँपालिका र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा १५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २–२, मिक्लाजुङ र बेलबारीमा १–१, झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुरर विर्तामोडमा ९–९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बाह्रदशी, गौरीगञ्ज, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३,  खोटाङको खोटेहाङमा १६, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३–३, संखुवासभाको खाँदबारीमा ४ र स्थानीय तह नखुलेका २,  धनकुटाको पाख्रिवास र धनकुटा नगरपालिकामा २–२ र स्थानीय तह नखुलेका १, उदयपुरको उदयपुरगढीमा २, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Global Ime bank

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६० हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८८० पुगेको छ । प्रदेश १ मा आज २ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४८ महिला र ४१६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement