site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राविधिक समस्याले रिचार्जरको सेवा अवरुद्ध
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको जनाएको छ । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अबरुद्ध हुन पुगेको कम्पनीले जनाएको छ । यसबाट आम सेवाग्राहीमा पर्न गएको असुविधाप्रति रिचार्जरले माफी मागेको हो ।

एप सुचारु भए पछि पुर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने उनले जानकारी दिए । उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धि वस्तु तथा उपकरण उपलब्ध उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्