site stats
बाह्रखरी :: Baahrakhari
देश
उच्च अदालत तुलसीपुरद्वारा कोरोना संक्रमणकाे जाेखिम कम गर्न आवश्यक व्यवस्था गर्न सरकारलाई आदेश 

दाङ । उच्च अदालत तुलसीपुरले कोरोना संक्रमणकाे खाेखिम कम गर्न आवश्यक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ । बिहीबार कोभिडविरुद्धको खोपको व्यवस्था गर्न तथा स्वाब संकलनको दायरा बढाउन भनी अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । 
अदालतले औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, स्वाब संकलन र पीसीआर परीक्षणको दायरालाई ब्यापक बिस्तार गर्न, सुबिधा सम्पन्न क्वारेन्टिन, आईसीयू, भेन्टिलेटरको उपयुक्त व्यवस्थापन गर्न÷गराउन भनी आदेश गरेको छ । 

अदालतको आदेशमा हालसम्म कोरोना विरुद्धको खोप कति जनालाई दिएको छ र हालसम्म पीसीआर जाँच कति भए, स्वाब संकलन केन्द्र कति रहेका छन् जस्ता प्रश्नको लिखित जवाफ पेश गर्न भनिएको छ  ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुख्यन्यायाधीश निता गौतम दीक्षितको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगपालिका, लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय दाङ, स्वास्थ्य कार्यालय दाङ, जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन संचालन केन्द्र, जिल्ला विपत्त व्यव्यस्थापन र लुम्बिनी प्रदेश सरकारबाट स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा कोषबाट हालसम्म दाङ जिल्लामा भए गरेका कामकारबाहीको विवरण संलग्न गरी जेठ ९ गतेभित्र लिखित जवाफ पेश भनेको छ ।

अधिवक्ताहरू विष्णुमणी धिताल, रबिन्द्रकुमार धिताल, मधुसुदन गौतम, नागरिक अगुवा तथा पत्रकार सुशील बस्नेत र टेकनाथ आचार्यले उच्च अदालत तुलसीपुरमा रिट निवेदन दायर गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:३८
प्रतिक्रिया दिनुहोस्