site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले बोलायो स्थायी कमिटी बैठक 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । अहिले साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बहुमतको सरकार गठनका विषयमा छलफलको लागि बैठक बोलाइएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ गएका थिए । त्यसलगत्तै बैठक डाकिएको हो ।

बहुमतको सरकार गठनका लागि दिइएको समयसीमा आजै राति ९ बजे सकिँदै छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्