काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज (मंगलबार) एक खेल हुँदैछ । आज हुने खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् ।
सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा पीएसजी पुनरागम गर्ने मौका छ । पहिलो लेगमा २–१ गोलले पराजित भएको पीएसजी आजको खेलमा जित निकाल्ने योजनामा छ ।
आजको खेलमा जित बाहेक पीएसजीसँग अन्य विकल्प भने छैन् । पीएसजीले आजको खेलमा बराबरी खेलेमा या पराजित भएमा सेमिफाइनलबाट बाहिरिने छ ।
यता सिटी आजको खेलमा जित निकाल्ने योजनमा छ । सिटीले आजको खेलमा पीएसजीलाई बराबरीमा रोख्ने योजनामा छ ।