site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको फ्लोरिडा राज्यले राजनीतिज्ञहरूमाथि प्रतिबन्ध लगाउने सामाजिक सञ्जाललाई कारबाही गर्दै
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वासिङ्टन । अमेरिकाको फ्लोरिडा राज्यले राजनीतिज्ञहरूमाथि प्रतिबन्ध लगाउने सामाजिक सञ्जाललाई जरिबाना गर्ने तयारी गरेको छ । यहाँको दुवै सदनले विवादास्पद यो विधेयकलाई अनुमोदन गरेकाे बीबीसीले जनाएको छ । विधेयकले मान्यता पाउन फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले हस्ताक्षर गर्नुपर्ने छ ।

विधेयकअनुसार अधिकतम १४ दिनसम्म राजनीतिज्ञको एकाउन्ट निलम्बन गर्न सकिने व्यवस्था छ । तर त्यसपछि पनि प्रतिबन्ध नहटाए ती कम्पनीले दैनिक दुई लाख ५० हजार डलर जरिबाना तिर्नुपर्ने छ । केही समयअघि फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट निलम्बित गरेको थियो भने ट्विटरले प्रतिबन्ध लगाएको थियो । राष्ट्रपति कार्यालय छाडेपछि ट्रम्प धेरै समय फ्लोरिडामा बस्दै आएका छन् । डिसेन्टिस र अन्य सरकारी अधिकारीहरूसँग ट्रम्पको निकटता बढेको बताइएको छ ।

आलोचकहरूले यो विधेयकले अनपेक्षित परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् । "जसरी यो विधेयकले पहिलो संशोधनको (वाक स्वतन्त्रताको अधिकार) उल्लंघन गर्छ, त्यसैगरी सामाजिक सञ्जाललाई उनीहरूको नीति विपरीतका सामग्री प्रकाशन गर्न बाध्य पार्छ," गत महिना विधेयकविरुद्ध बोल्दै नेट च्वाइसका प्रमुख स्टिभ डेलबायन्कोले बताएका थिए ।

विधेयकले डिज्नी वल्र्ड थिमपार्कलाई भने छुट दिएको छ । विधेयकमा राखिएको थिम पार्क वा मनोरन्जन कम्प्लेक्स भएका कम्पनी भन्ने वाक्यांशले डिज्नीलाई छुट दिएको बताइएको छ ।

राज्यको दुबै सदनबाट विधेयक पास भएपनि प्रविधि कम्पनीहरू वाक स्वतन्त्रता हनन भएको भन्दै विधेयकविरुद्ध अदालत जानसक्ने बाटो भने खुला रहेको जनाइएको छ । बीबीसीबाट

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:०७
प्रतिक्रिया दिनुहोस्