site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोरोना नियन्त्रणमा सहयोग गर्ने राष्ट्रसंघको प्रस्ताव भारतद्वारा अस्वीकार

नयाँदिल्ली । संयुक्त राष्ट्रसंघबाट सहयोग लिन भारतले अस्वीकार गरेको छ । भारतले मद्दतको प्रस्तावलाई अस्वीकार गरेको राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसका प्रवक्ता फरहान हकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

केही दिनअघि राष्ट्रसंघको सभाध्यक्षले भारतले धेरै देशहरुमा कोरोनाविरुद्धको खोप पुर्‍याउन सहयोग गरेको भन्दै अब सबै देशहरुले भारतलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले आवश्यक अवस्थामा कोभिडसम्बन्धी सामान आपूर्तिका लागि सहयोग गर्ने बताएका थियौँ । भारतको व्यवस्था पहिलेदेखि नै मजबुत रहेको भन्दै सहयोग अस्वीकार गरेको हामीलाई जानकारी दिइएको छ,” भारतीय समाचार संस्था पीटीआईसँग हकले भने, “यद्यपि, हामी अझै सहयोगका लागि तयार छौँ ।” भारतमा कोरोना संकट निकै भयावह रहेको उल्लेख गर्दै उनले भारतको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण बुधबार एकैदिन तीन हजार २९३ जनाको मृत्यु भएको भारतमा हालसम्म दुई लाख एक हजार १८७ जनाको मृत्यु भइसकेको छ । केही समययता यहाँ दैनिक तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्