site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश २ मा खनाल-नेपाल समूहले शत्रुध्न महतोलाई बनायो दलको नेता

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले शत्रुध्न महतोलाई प्रदेश २ को संसदीय दलको नेता बनाएको छ । उक्त समूहले आइतबार सत्यनारायण मण्डललाई हटाएर महतोलाई दलको नेता बनाएको हो ।

खनाल-नेपाल समूहले रविन्द्र बैठालाई उपनेता र वेची लुंगेलीलाई सचेतक बनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभामुखलाई आज नै पत्र बुझाएको र सनाखत पनि भइसकेको महतोले जानकारी दिए । सोमबार प्रदेश सभा बैठक बस्दैछ । प्रदेश २ का एमालेका २१ सांसदमध्ये १३ जना खनाल-नेपाल पक्षमा छन् ।  

तत्कालीन नेकपाले महतोलाई दलको नेता बनाएको थियो । तर, नेकपामा विवाद हुँदा प्रचण्ड-नेपाल समूहले मण्डललाई हटाएर महतोलाई दलको नेता बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १८:२४
प्रतिक्रिया दिनुहोस्