site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहामा गोली हानेर व्यवसायीको हत्या
सांकेतिक तस्बिर

जनकपुरधाम । सिरहामा गोली हानेर व्यवसायीको हत्या भएको छ । लहान नगरपालिका– २३ मा सुनचाँदी व्यवसायीको लटेरा समूहले गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
 
प्रहरीका अनुसार लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको छ । 

उनीमाथि लुटेरा समूहले धारिलो हतियार र गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मा घाइते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । 

घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको भण्डारीले बताए । प्रहरीले घटनामा संलगन रहको आरोपमा एकजनालाई पक्राउसमेत गरेका छन् । 

पक्राउ पर्नेमा लहान नगरपालिका ७ का नारायण चौधरी रहेको छ ।

प्रहरीका अनुसार घटना राति साढे १२ बजेतिरको हो । घरमा सुतिरहेको बेला समूहमा आएका लुटेराले बिक दम्पतीमाथि आक्रमण गरेको थिए । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको बताइएको छ । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवकको वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदीको पसल थियो । श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro