site stats
बाह्रखरी :: Baahrakhari
देश
वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत आज उक्त आग्रह गरेकी हुन् ।

उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी-साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छन् । रासस

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  २१:५०
प्रतिक्रिया दिनुहोस्