site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण : सेनाका जवानमाथि शंका कायमै !
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा साढे दुईवर्ष बितिसक्दा पनि प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन । ‘क्लु’ फेला नपर्दा प्रहरी अभियुक्तसम्म पुग्न नसकेको हो । 

०७५ साउन १० गते साथीको घर गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

तर साढे दुईवर्ष बितिसक्दा पनि घटनामा कसको संलग्नता थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले ०७५ भदौ ४ मा भीमदत्तनगर १९ बाँगफाँटाका ३९ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर उनको डीएनए म्याच नभएपछि छुटेका थिए । त्यसबाहेक प्रहरीले अन्य केहीलाई समेत पक्राउ गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

घटनामा संलग्नताको प्रमाण फेला नपरेपछि प्रहरीले आशंकाको भरमा पक्राउ गरेकाहरू छुट्दै आएका छन् । हालसम्म प्रहरीले निर्मला हत्या अनुसन्धान प्रकरणमा ८० जना बढीको डीएनए परीक्षण गरिसकेको छ । जसमा केही सेनाका जवानको पनि नमुना संकलन गरिएको छ । 

अनुसन्धानमा संग्लन अधिकारीहरुका अनुसार प्रहरी अझै शंकास्पद व्यक्तिहरुको डीएनएकै खोजीमा छ । केही शंकास्पदहरुको नमुना परीक्षणका लागि पठाइएको छ । अनुसन्धानको दायरामा सेनाका जवानदेखि नजिकका आफन्त, अपराधिक पृष्ठभूमिका व्यक्तिलगायतलाई राखिएको छ ।

Global Ime bank

निर्मलाको शव भेटिएको स्थानभन्दा वर महेन्द्रनगरतर्फ जाने बाटोमा सेनाको ब्यारेक पनि छ । अझै प्रहरीले केही सेनाका जवानलाई निगरानीमै राखेको एक उच्च अधिकारीले जानकारी दिए ।

बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा प्रहरीका उच्च अधिकारीहरु भन्छन्,“प्रहरी इतिहासकै ठूलो स्रोतसाधन र जनशक्ति परिचालन गरेर हामी अनुसन्धानमा जुटेका छौं । कहिलेकाहिँ शंकास्पद व्यक्ति फेला पर्छन् तर प्रमाण जुट्दैन । म्यानुअल पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ । तर पछिल्लो समय केही नयाँ क्लु फेला परेका छन् ।”

यसअघि सुरुवाती समयको अनुसन्धानमा खटिएको अनुसन्धान टोली बर्खास्त र निलम्बनमा परेपछि गएका सबैजसो प्रहरी अधिकारीले दिलिप विष्टको संलग्नतालाई अस्वीकार गर्दै आएका छन् । 

निलम्बन र बर्खास्तीमा परेका प्रहरीले अदालतबाट सफाई भने पाइसकेका छन् । केही समयअघि प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसँग छलफल गरेको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतकै मत भने आपसमै बाझिँदै आएको छ । 

तर हालसम्म खटिएका सबै अनुसन्धान टोलीले घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकाले पनि हत्यामा कसको संलग्नता थियो भन्ने ‘क्लु’ भेट्टाउन सकेका छैनन् । 

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपीको कमाण्डमा टोली कार्यरत छ ।  सुरुदेखि नै अनुसन्धानमा सीआईबीको टोली सक्रिय छ । हालसम्म एक हजारको हाराहारीमा शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्ने, कल डिटेल हेर्ने, डीएनए परीक्षण गर्नेलगायतका काम गरिएको  प्रहरी अधिकारी बताउँछन् । 

अनुसन्धानकै क्रममा निर्मलाको गाउँ आसपासमा २ हजार बढी घरको लगत संकलन समेत गरिएको थियो । 

साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेशा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को–को गए लगायतका विवरण प्रहरीले संकलन गरेको थियो । 

बलात्कार तथा हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने दाबी प्रहरी अधिकारीहरु गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !