site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा यही मार्च ३० तारिखमा खेल्ने तालिका थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एसियन फुटबल कन्फडेरेसन (एएफसी)ले नेपाल–अष्ट्रेलियाबीचको खेल स्थगित गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल स्थगित भएको जानकारी दिए ।

“नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । अष्ट्रेलियाको अनुरोधपछि एएफसीले खेल स्थगित गरेको हो । कोरोनाका कारण अष्ट्रेलियाका खेलाडी आउन नसक्ने भएका कारण खेल स्थगित भएको हो,” उनले बाह्रखरीसँग भने ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालको ५ खेलबाट ३ अंक छ । नेपालले यसअघि चाइनिज ताइपेईलाई मात्र पराजित गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ११:४३
प्रतिक्रिया दिनुहोस्