site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड–नेपाल समूहको सचिवालयले गर्‍यो दुई निर्णय
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले तत्काल दलको आधिकारिकता निरूपण गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आज बसेको दाहाल–नेपाल समूहको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको हो ।

त्यस्तै, आजको सचिवालय बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सम्भवतः भोलि नै बैठक आह्वान हुनसक्ने प्रवक्ता नाारयणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्