site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनता, कानुनी राज्य र लोकतन्त्रको जित भएको झाँक्रीको दाबी
फाइल तस्बिर ।

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले सर्वोच्चको फैसलासँगै जनताको जित भएको बताएकी छन् । संसद् विघटन बदर भएपछि झाँक्रीले कानुनी राज्य र लोकतन्त्रको पनि जित भएको बताएकी हुन् ।

उनले रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्वान, वरिष्ठ कानुन व्यवसायी र कानुन व्यवसायीप्रति आभार प्रकट गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भनेकी छन्, "असंवैधानिक प्रतिगामी कदमविरूद्ध सडकमा आउनुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय विभिन्न राजनीतिक दल, पार्टी सदस्य, समर्थक शुभेच्छुक सबैप्रति आभारी छु ।"

विधायकी मनसाय, संविधानको अक्षर र भावनाको सही व्याख्या गरेकामा न्यायालय, संवैधानिक इजलासका प्रधानन्यायाधीशसहित न्यायाधीशलाई उनले धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:४०
प्रतिक्रिया दिनुहोस्