site stats
बाह्रखरी :: Baahrakhari
देश
सुरुङमा पानी पठाएर मेलम्ची परीक्षण 

काठमाडौं । मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ । सोमबार सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।

खानेपानी मन्त्री मणि थापा, नेता शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अघिल्लो वर्ष नै सुरुङ पानी भरेर परीक्षण गरिएको भए पनि १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । सो पानीले बगाउँदा एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि पुनः काम अघि बढाइएको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्