site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुर महानगरले हटायो पाटनढोकाको बसपार्क

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटनढोकाको बसपार्क हटाएको छ ।

महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथूले सडक दुर्घटना न्यूनीकरण गर्न बसपार्क हटाएको बताए । उनले नगरप्रहरीको संयोजकत्वमा महानगरीय ट्राफिक महाशाखा, पाटनढोका बस व्यवसायी संघ, निखा बहाल टोल, ननि टोल सुधार समिति र शान्ति युवा क्लवको सहयोगमा बसपार्क हटाइएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"बस स्टप कायम गर्न बसपार्क हटाइएको हो," हाछेथूले भने, ‘‘अब यो क्षेत्र बस स्टप भएकाले सार्वजनिक बस यात्रु ओराल्ने र चढाउनका लागि मात्रै प्रयोगमा ल्याइनेछ । ध्वनि प्रदुषण, वायु प्रदूषण फोहोरमैला बढेकाले यसलाई न्यूनीकरण गर्न बसपार्क हटाइएको हो ।"

आजदेखि हटाइएको बसपार्कमा बढीमा दुई वटासम्म मात्रै बस रहने गरी 'स्पट' बनाउने निर्णय गरेको महानगरको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १९:१८
प्रतिक्रिया दिनुहोस्