site stats
बाह्रखरी :: Baahrakhari
खेल
सेभियासँग बार्सिलोना पराजित 

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको हो ।

बार्सिलोना सेभियासँग २–० ले पराजित भएको छ । घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक–एक गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २–० को जित दिलाए ।

जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बार्सिलोना र सेभियाबीचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा मार्च ४ मा हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०९:२४
प्रतिक्रिया दिनुहोस्