site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिटी एफए कफको क्वाटरफाइनलमा 

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक–एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए ।

क्वाटरफाइनलसँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाउन सफल भयो । 

सिटीले सन् १९८७–८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान तोडेको हो ।
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०९:०८
प्रतिक्रिया दिनुहोस्