काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले ओली समूहले गरेको केन्द्रीय कमिटी विस्तारप्रति कटाक्ष गरेका छन् ।
पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओली समूहले बाँदरलाई मकै बाँडेको जसरी केन्द्री कमिटी सदस्य बनाएको बताए । "स्वयम्भू, गुह्येश्वरी र पशुपतिमा बिहान भक्तजनहरुले बाँदरलाई मकै बाँडेजसरी उहाँहरु बाटोबाटोमा केन्द्रीय सदस्य बाँडिरहनुभएको छ,’’ उनले भने ।
उनले मन्त्री पद र त्यस्ता पद हरुलाई छाडेर आफ्नो पक्षमा राजनीतिक नेता कार्यकर्ता रहेको दाबी गरे । उनले आजको स्थायी कमिटी बैठकमा आन्दोलनको स्वरुपबारे छलफल भएको छ । उनले पार्टी केही कमिटीहरुको केही दिनमै कार्यविभाजन हुने बताए ।
अबको केही महिना पार्टी आन्दोलनमै व्यथित हुने पनि उनले बताए ।
-फाइल तस्बिर