site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेटर पारसलाई कोरोना संक्रमण 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले शुक्रबार आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

पारसले शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुई दिनअघि उनको स्वास्थ्यमा केही समस्या देखिएपछि सेल्फ आइसोलेसनमा बसेका थिए । त्यसपछि उनले कोरोना परीक्षण गराएका थिए । 

गौतमबुद्ध कपका लागि टिम नारायणीका कप्तान रहेका पारसले अब प्रतियोगितामा सहभागिता जनाउने छैनन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्