site stats
बाह्रखरी :: Baahrakhari
खेल
लाजियोको सहज जित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत लाजियोले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लाजियोले क्रोटोनेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

क्रोटोनेको घरेलु मैदानमा भएको खेलमा लाजियोलाई जित दिलाउन किरो इम्बोले र जोकुइन कोरेआले एक-एक गोल गरे ।
खेलको २१औं मिनेटमा किरोको गोलमा लाजियोले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोल गरेको लाजियोले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो ।

५८औं मिनेटमा कोरेयाले गोल गर्दै लाजियोलाई २-० गोलको जित दिलाए । जितसँगै लाजियो लिगको पाँचौ स्थानमा उक्लेको छ । लिगमा आठ खेल खेलेको लाजियोको १४ अंक छ । पराजित क्रोटोने २ अंकसहित पुछारमा छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  २३:३०
प्रतिक्रिया दिनुहोस्