site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फ्रन्टलाइनर भन्छन् - मृत्युसँग लडिरहेकाहरुको सेवामै बित्छ यस वर्षको दसैं

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्‍वभर चार करोडभन्दा बढी संक्रमित भएका छन् । ११ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या डेढ लाखभन्दा बढी पुगेको छ भने ८४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । 

विश्‍वलाई आक्रान्त बनाएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । अझ नेपालीको महान् चाड दसैँको टीका सोमबार (भोलि) नै घरघरमा लगाएर मनाइँदै छ । तर कोरोना महामारीमा जुधिरहेका नर्सहरुले अघिल्लो वर्षको जसरी दसैँ मनाउँन छुट पाएनन् । अस्पतालमै बसेर बिरामीलाई कसरी हुन्छ निको बनाउने ध्याउन्‍न रहेको उनीहरु बताउँछन् ।

दसैँ आए पनि संक्रमितको संख्या दैनिक वृद्धि भइरहेकाले अस्पतालहरु खचाखच भरिएका छन् । कोरोना महामारीविरुद्ध चिकित्सक र नर्सहरु रातदिन लडिरहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयू इन्चार्ज उषा देवकोटा कोरोनाका कारण यसपटकको दसैँ आएजस्तो नभएको बताउँछिन् । उनले अघिल्लो दसैँ परिवारसँग रमाइलो गरेर मनाएकी थिइन् ।

Dabur Nepal

अस्पतालबाहिर दसैँ आएको होला तर हामीलाई दसैँ नआएको उनले सुनाइन् । अहिले कोरोनाका बिरामीको अवस्था हेर्दा निकै व्यस्त रहेको र खाना खाने समय पनि नपाएको उनी बताउँछिन् । उनले भनिन्, “अहिले कोरोना संक्रमण फैलिएको छ, यसपटक सबै सजग बन्‍नुपर्ने अवस्था छ । दसैँ अर्को पटक पनि आउँछ नि !” यसपटक उनीसँगै उनको टिमले अस्पतालमै टीका लगाउने सल्लाह गरेको छ । ‘‘बिरामीको उपचारसँगै दसैँ मनाउने तयारी गरेका छौं,’’ उनले थपिन् । 

उनले जो जहाँ छ त्यहीं दसैँ मनाउन आग्रह पनि गरिन् । “चार्डपव अर्को वर्ष नि आउँछ, हतारिएर गाउँ जाने र आत्तिएर काठमाडौं आउने नगरौँ,” उनले सुझाइन् । उनले कोरोना संक्रमित दर बढेकामा चिन्तासमेत व्यक्त गरिन् । उनका अनुसार अहिले अस्पतालमा सिकिस्त बिरामीहरुको आउने क्रम बढेको छ । “पछिल्लो समय कोरोना संक्रमितको उपचारपछि पनि सुधार हुने दर निकै कम भएको छ । मृत्यु दर बढेको छ,” उनले भनिन्, “त्यसैले सबै सजग बनौं ।”

देवकोटाका अनुसार कोरोना संक्रमणबाट ज्‍येष्ठ नागरिक बढी प्रभावित भएका छन् । ज्येष्ठ नागरिकमा कोरोनासँगै अन्य रोग पनि हुने भएकाले कोरोना संक्रमणबाट जोगाउन उस्तै चुनौती रहने बताइन् । 

यसैगरी, वीर अस्पतालको आईसीयू कोभिडमा कार्यरत नर्स सिन्पा थापा पनि यसपालिको दसैँ बिरामीको सेवा गरेरै मनाउने तयारीमा छिन् । “गत वर्ष यस्तो अवस्था थिएन र दसैँमा  परिवारसँग रमाइलो गरेर मनाएको थिएँ । यसपटक कोरोना महामारीले गर्दा दसैँ बिदा नभएकाले बिरामीकै सेवामा दसैँ मनाउने तयारी गरेको छु,” तीन वर्षदेखि वीरमै कार्यरत थापाले भनिन् ।

उनको दसैँका दिनमा पनि ड्युटी परेको छ । कोरोनाले गर्दा सबैको दसैँ यसपटक फरक गरेर मनाउनुपर्ने देखिएको उनले बताइन् । ‘‘अरुहरु त घरमै परिवारसँग मनाउन पाउनुहुन्छ, तर हामीले त्यसरी मनाउँदा नपाउँदा अलिअलि दु:ख लागे पनि बिरामीलाई उपचारपछि निको बनाएर पठाउँदा भने खुसी लाग्छ,’’ उनले भनिन् ।

उनले कोरोनाबाट बच्‍ने उपाय राम्रोसँग पालना गर्ने, कोरोना संक्रमण भइहाले नआत्तिने, तनाव नलिने आराम गर्ने, सन्तुलित खाना खाने र समस्या बढ्दै गए तुरुन्तै अस्पताल जान पनि सुझाइन् । “काठमाडौं त कोरोना संक्रमणको हटस्पट नै भएको छ,” उनले भनिन्, “यहाँबाट बाहिर जाने व्यक्तिबाट अन्यमा सर्ने खतरा बढी हुन्छ । तसर्थ जो जहाँ छौं त्यही दसैँ मनाऔं ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro