site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाबाट ज्यान गुमाउनेमा ५० वर्षभन्दा माथिका धेरै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ जना पुगेको छ । कोरोना कारण ज्यान गुमाउनेमा नेपालमा ५० वर्षभन्दा माथि उमेर समूहका धेरै छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार बेलुकासम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण सबैभन्दा बढी ५० वर्षभन्दा माथिका उमेर समुहका ५१८ जनाको मृत्यु भएको छ । जुन कुल कोरोनाका कारण मृत्यु भएका संक्रमितको ६८.४३ प्रतिशत हो । सोही उमेर समूहका पनि ६१ देखि ७० वर्ष उमेर समूहका १७६ जनाले कोरोनाका कारण ज्यान गुमाएको देखिन्छ । जुन ५० वर्षभन्दा माथिका उमेर समूहकै कोरोनाका कारण सबै बढी मृत्यु हुने उमेर समूह हो ।

यसैगरी, मन्त्रालयकै तथ्यांकअनुसार २० देखि ५० वर्ष उमेर समूहका मृत्यु हुनेको संख्या २२३ जना छ । जुन कुल मृत्युको २९.४६ प्रतिशत हो । उक्त उमेर समूहका पनि ४१ देखि ५० वर्ष उमेरका सबैभन्दा बढी १०३ जना छन् ।

Dabur Nepal

कोरोना संक्रमणका कारण बालबालिको पनि मृत्यु भएको छ । ४९ दिनको शिशु देखि १८ वर्ष उमेर समूहका १६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । जुन कुल मृत्युको २.१२ प्रतिशत हो ।

कोरोना संक्रमणपछि कडा निमोनियाँ, सुक्खा खोकी स्ट्रोकलगायत समस्या देखिएर ४९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

त्यसबाहेक पहिल्यै मुटु , मिर्गौलाका रोगी, उच्च रक्तचाप, निमोनियाँ, क्यान्सर तथा दमका रोगी, लामो समयदेखि सुक्खा खोकी, श्‍वासप्रश्‍वासमा समस्या, मधुमेह, नसासम्बन्धी समस्या रहेका व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना ज्यान गुमाउनेमा पुरुष ५३६ र महिला २२१ जना छन् ।

कुन उमेर समूहका कतिले ज्यान गुमाए 
 उमेर समूह           मृत्यु
०-१८         १६  
१९-३०           ३६
३१-४०            ८४
४१-५०             १०३
५१-६०              १३४
६१-७०              १७६
७१-८०              १२९
८१  भन्दा माथि     ७९

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा पनि ५० वर्षभन्दा माथिकै उमेर समूहका धेरै रहेको बताए । कोरोना संक्रमणको जोखिम अन्य उमेर समूहभन्दा पनि बढी ज्‍येष्‍ठ नागरिकलाई बढी रहेको हुँदा चाडपर्वमा उनीहरुलाई जोगाउनुपर्ने बताए । कोरोना संक्रमणबाट मृत्युग्राफ पनि ज्येष्‍ठ नागरिकै धेरै रहेकाले चाडबाड मनाउँदा सचेत भएर मनाउन पनि उनले आग्रह गरेका छन् ।

उपत्यकामा मात्र कोरोना संक्रमणबाट २५५ जनाको मृत्यु
काठमाडौं उपत्यकामा कोरोना संक्रमणका कारण २५५ जनाले ज्यान गुमाएका छन् । जुन कुल कोरोना संक्रमणबाट ज्यान गुमाउनेको ४५.७८ प्रतिशत हो ।

उपत्यकामा पनि कोरोनाका कारण ज्यान गुमाउनेमा काठमाडौं जिल्लामा १६२ जना छन् । जुन सबैभन्दा बढी कोरोनाबाट ज्यान गुमाउने जिल्ला पनि हो । ललितपुरमा ५० जना र भक्तपुरमा ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro