site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक नियुक्तिमा संविधानको व्यवस्थाभन्दा बाहिर गएर कार्य नगर्न सरकारलाई कांग्रेसको आग्रह 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई सजग गराएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई सजग गराएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधनिक परिषद् सत्तारुढ नेकपाको सचिवालय नभएको हेक्का राख्न पनि सचेत गराएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रेस विज्ञप्ति

प्रधानमन्त्रीज्यू हेक्का रहोस् नेकपाको सचिवालय

संवैधानिक परिषद् होइन !

नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको सर्वविदितै छ । लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन ।

संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरियो । अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो । नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ ।

संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्रीलाई सजग गराउंदै सार्वजनिक रुपले अपील र आग्रह गर्दछ ।

 जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभागविश्वप्रकाश शर्मा

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १८:४४
प्रतिक्रिया दिनुहोस्