site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा

तुमलिङ्टार । लकडाउनको झन्डै सात महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । 

बुद्धले काठमाडौं तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौं उडान गरेको छ । त्यस्तै यतिले काठमाडौं तुम्लिङटार काठमाडौं एक एक उडान गरेको छ । 

Argakhachi Cement Island Ad

स्वास्थ्य मापडण्डको पूर्ण पालना गरेर उडान सुरु गरिएको नागरिक उडड्यन कार्यालय तुम्लिङटारका प्रमुख केशव लम्सालले बताउनुभयो । लम्सालका अनुसार एयरपोर्टको १ नम्बर गेटबाट यात्रुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ । 

यात्रु र विमानका कर्मचारीका लागि पञ्जा, स्यानीटाइजर, मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री अनिवार्य गरिएको छ । तीन फिट दूरी कायम गरेर विमानस्थलको चेकपोष्ट र यात्रु सहायता कक्ष निर्माण गरिएको छ । चैत ११ पछि तुम्लिङटार विमानस्थल बन्द थियो । - रासस

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  २३:५०
प्रतिक्रिया दिनुहोस्