site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्याजको मूल्य एकैदिन किलोमा ५० रुपैयाँले बढ्यो

काठमाडौं । भारतबाट प्याज आयात बन्द भएपछि बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । खुद्रा बजारमा प्याजको मूल्य ५० रुपैयाँसम्म बढेको हो ।

आज राजधानीको चन्द्रगिरी नगरपालिका–६ को तरकारी पसलमा प्याज किलोमा १ सय ३० रुपैयाँ परेको उपभोक्ताले बताएका छन् । हिजोसम्म किलोको ८० रुपैयाँमा बिक्री भइरहेको थियो । सोमबार भने ६० रुपैयाँमा खरिद गरेको उपभोक्ताले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनामनगरमा भने किलोको १ सय १० रुपैयाँमा खरिद गरेको उपभोक्ताले दाबी गरेका छन् । कालीमाटी तरकारी बजारमा सुकेको प्याज (भारतीय) को थोक मूल्य १ सय २० रुपैयाँ पुगेको छ । मंगलबारको थोक मूल्य ७५ रुपैयाँ थियो । भारतले सोमबार प्याजको निर्यात रोकेको हो । एक महिनामै तीन गुणाले मूल्य बढेपछि भारतले प्याज निकासी बन्द गरेको हो ।

दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेको थियो । त्यसपछि आन्तरिक माग धान्‍न भन्दै भारतले सोमबारबाट प्याक निकासी रोकेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्