site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संगीतकार रहमानमाथि ३.४७ करोड कर छलीको आरोप

एजेन्सी । ओस्कर अवार्डबाट सम्मानित चर्चित भारतीय संगीतकार एआर रहमानमाथि कर छलीको आरोप लागेको छ । आयकर विभागले मद्रास उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले रहमानलाई नोटिस जारी गरेको हो ।

आयकर विभागको अपिलमा जस्टिस टीएस शिवंगनानम र जस्टिस वी भवानी सुब्बोरोयनको ब्याचले रहमानविरुद्ध नोटिस जारी गरेको हो । आयकर विभागका अनुसार रहमानले उनको परोपकारी ट्रस्ट एआर रहमान फाउन्डेशनको प्रयोग गरी कर छली गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयकर वकिल टीआर सेंथिल कुमारका अनुसार सन् २०११–१२ मा रहमानले यूकेको कम्पनी लिब्रा मोबाइलको सम्बन्धमा ३.४७ करोड रुपैयाको कर तिर्नुपर्ने थियो । 

उक्त कम्पनीसँग रहमानको ३ वर्षका लागि विशेष रिंगटोन बनाउने सम्झौता थियो, र सम्झौता अनुरुपको पारिश्रमिक रहमानले आफ्नो फाउन्डेशन रहमानको नाममा ट्रान्सफर गरेको थियो । 
रहमानले कर तिर्नुपर्ला भनेर त्यो रकम आफ्नो परोपकारी कोषमा हस्तान्तरण गराएको आयकर विभागले आरोप लगाएको छ ।  - नवभारत टाइम्स
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २०:००
प्रतिक्रिया दिनुहोस्