site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोंगबु हत्याकान्ड : महिलाले आफ्नै कोठामा बोलाएर हत्या गरेर एम्बुलेन्समा चितवन पुगिन् !
SkywellSkywell

काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान भएसँगै प्रहरीले हत्यारा भेटिएको दाबी गरेको छ ।  प्रहरीले हत्यामा संग्लन आरोपमा एक महिलालाई चितवनबाट पक्राउ गरेको छ । महिलाको वास्तविक ठेगाना चितवनको कालिका नगरपालिकामा हो ।

महिलासँगै प्रहरीले एम्बुलेन्स चालकलाई समेत नियन्त्रणमा लिएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार महिला कृष्णबहादुर बोहोराको हत्यापछि एम्बुलेन्समा चितवन पुगेकी थिइन् । उनी चितवन गएको एम्बुलेन्सका चालकलाई पनि पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

महिला र मृतकबीचको सम्बन्ध के थियो ?

KFC Island Ad
NIC Asia

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकी महिला र मृतकबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  उनीहरु लामो समयदेखि एक अर्कासँग परिचित थिए । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ देखिएको प्रहरी अनुसन्धानपछि खुलेको एक उच्च अधिकारीले जानकारी गराएका छन् ।
मृतक बोहराको परिवार नेपालगन्जमा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

स्रोतका अनुसार शनिबार पनि ती महिलाले आफ्नै कोठामा बोहोरालाई बोलाएकी थिइन् ।

Royal Enfield Island Ad

पहिले बेहोस् पारिन् अनी घाँटी रेटिन्

प्रहरी स्रोतका अनुसार शनिबार कृष्ण ती महिलाको कोठामा पुगेका थिए । त्यसक्रममा सुरुमा ती महिलाले कृष्णलाई बेहोस हुने औषधि खुवाएकी थिइन् ।  कृष्णले ती महिलाकी १४ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले हत्या योजना बनाएको खुलेको छ ।  कृष्णलाई बेहोस् बनाएपछि उनले धारिलो हतियारले घाँटी रेटेको प्रहरी दाबी छ । 

हत्यापछि शव प्याकिङ गरेर फालिएको थियो । त्यसपछि उनी एम्बुलेन्स बोलाएर चितवन गएकी थिइन् । यसबाहेक उनीहरुबीच आर्थिक लेनदेन हुनसक्ने प्रहरी आशंका छ । आइतबार गोंगबुमा सुटकेशभित्र टाउको र खुट्टाबिनाको शव फेला परेको थियो  । कुकुरको सहयोगमा प्रहरीले केही दुरीमै टाउको र खुट्टा भएको झोला भेटेको थियो । 

सुरुमा मृतकको पहिचान हुन सकेको थिएन । मृतकको काटिएको टाउको सार्वजनिक भएपछि शवको सनाखत भएको थियो । हत्या गरिएका कृष्णबहादुर बोहरा भएको खुलेको थियो ।  उनी मित्रनगरस्थित एक गेस्ट हाउसमा बस्दै आएको खुलेको छ । उनी गार्मेन्ट उद्योगमा काम गर्दै आएको खुलेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro