site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 पाँचजना कोरोना संक्रमित कञ्‍चनपुरमा धान रोप्दै, आरडीटी पोजेटिभ आएकालाई पनि घर पठाइयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्‍चनपुरमा शुक्रबार ४३ जना कोरोना संक्रमित फेला परे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ८ महिला र ३४ पुरुष र सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो । 

जसमध्ये कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-३ का पाँचजना कोरोना संक्रमित खेतबारीमा धान रोपिरहेका थिए । उनीहरुमध्ये दुईजना जेठ १८ गते सुरतबाट र तीनजना १९ गते बैंग्लोरबाट आएका थिए । भारतबाट आएका उनीहरुलाई कृष्णपुर नगरपालिका-३ स्थित नन्द माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा २२ दिन राखिएको थियो । 

२२ दिनपछि आरडीटी जाँच नगरी पीसीआरका लागि स्वाब निकालेर घर पठाइएको वडानम्बर ३ का वडाध्यक्ष सुन्दर चौधरीले जानकारी दिए । उनका अनुसार उनीहरु चारदिनपछि पीसीआर पोजेटिभ आएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयका अनुसार असारमा गाउँमा रोपाइँ भएको पाँचैजना पुरुषहरु खेतमा धान रोपिरहेका थिए । वडाध्यक्ष चौधरीले भने, "उनीहरुलाई पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अहिले घरबाट ल्याएर क्वारेन्टाइनमा राखेका छौं । केही समयमा अब बण्डमा रहेको आइसोलेसनमा पठाउने छौं ।" 

आरडीटी पोजेटिभ आएका १३६ घर पठाइएको थियो 

Global Ime bank

यसअघि भारतबाट आएर विभिन्‍न क्‍वारेन्टाइनमा बसेका कृष्णपुर नगरपालिकाका आरडीटी पोजेटिभ देखिएका २५३ जनामध्ये १३६ लाई घर पठाइएको थियो । १३६ मा शुक्रबार २८ जनालाई पीसीआर पोजेटिभ देखिएको छ । उनीहरुको पीसीआर रिपोर्ट नआउँदै नगरपालिकाको आदेशमा उनीहरुलाई राख्‍ने ठाउँ नभएको भन्दै घर पठाउँदा समस्या सिर्जना भएको नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले बताए । 

उनले भने, "नगरपालिकाले आरडीटी पोजेटिभ आएकाहरुलाई पनि घर पठाउन वडालाई निर्देशन दिएपछि उनीहरुलाई घर पठाइयो । उनीहरुलाई पीसीआरको नतिजा नआन्जेलसम्म क्‍वारेन्टाइनमै राख्‍नुपर्थ्यो । अब उनीहरु घर गइसकेपछि घरमा बसेर गाउँमा घुलमिल भइसकेका छन् । नगरपालिकाको लापरबाहीका कारण सिंगो गाउँ नै कोरोनाको जोखिममा परेको छ ।"

आरडीटी पोजेटिभ आएका २५३ जनालाई पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ६८ जना, बिहीबार ४० जना र शुक्रबार २८ जनामा पीसीआर पोजेटिभ आएको छ ।

कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दलाल बोहराका अनुसार हालसम्म नगरपालिकामा दुई हजार २९२ जनाको आरडीटी परीक्षण गरिएकोमा २५३ जनाको आरडीटी पोजेटिभ आएको थियो । उनले भने, "जसमध्ये १०८ जनाको पीसीआर नेगेटिभ आएको छ भने १३६ जनाको पीसीआर पोजटिभ आयो । ९ जनाको रिपोर्ट आउन बाँकी छ ।"

नगरपालिकाले कोरोना संक्रमितको तथ्यांक वडाहरुलाई उपलब्ध नगराउँदा वडाहरु अन्योलमा परेको वडाध्यक्षहरुले गुनासो गरेका छन् । 

पीसीआर पोजेटिभ देखिएकालाई गरिदैन स्वास्थ्य जाँच

पीसीआर पोजेटिभ आएपछि उपचारका लागि आइसोलेसनमा राख्‍नुपर्ने विश्व स्वास्थ्य  संगठनको मापदण्ड भए पनि अस्पतालका आइसोलेसन सीमित रहेको भन्दै उनीहरुलाई विभिन्‍न विद्यालयमा राखिएका छन् ।   स्वास्थ्य शाखा प्रमुख बोहराका अनुसार नगरपालिकामा तीनवटा ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरिएको जानकारी दिए । उनले भने, "नगरपालिकाले विभिन्‍न तीनवटा ठाउँमा आइसोलेसन सेन्टर बनाइएका छन् । पीसीआर पोजेटिभ आएकालाई त्यही राख्‍ने गरेका छौं ।" 

उनीहरुको त्यहाँ स्वास्थ्य जाँचसमेत गरिँदैन । बोहोराले भने, "नगरपालिकाले बेड किन्‍ने कुरा गरेको छ । खाने बस्ने व्यवस्था गरेको छ । चिकित्सक कहाँबाट जान्छन् र कसरी स्वास्थ्य जाँच हुन्छ । अहिले त्यतिकै राखिएका छन् ।" 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement