site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Nabil BankNabil Bank
‘दमित आवाजहरू कथामार्फत आउन थालेका छन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । आख्यानाकार तथा पत्रकार नारायण वाग्लेले दमित आवाजहरू कथामार्फत मुखरित हुने थालेको बताएका छन् ।

बाह्रखरी बुक्सले सोमबार यस वर्षको कथा प्रतियोगिताको विजेता घोषणा गरेको थियो । ‘भर्चुअल’ माध्यमबाट गरिएको विजेता घोषणाको समूहगत छलफलमा वाग्लेले नेपाली समाजका किनाराकृत र सीमान्त आवाजहरू कथामार्फत बाहिर आउन थालेको बताएका हुन् । प्रतियोगितामा आएका कथाहरूले त्यसको छनक दिएको वाग्लेको बुझाइ छ ।

“विशेषतः २०६२–६३ पछि दबिए–दबाइएका आवाजहरूले कथाको रूप लिन थालेका छन् । आख्यानमार्फत बाहिर प्रकट हुन थालेका छन्,” ‘पल्पसा क्याफे’का लागि मदन पुरस्कार विजेता रहेका वाग्लेले भने, “हिजो उनीहरूका सङ्घर्ष, सपना र जीवन भोगाइ अरूले भन्थ्यो । आज उनीहरूकै शब्द र शैलीमार्फत आउन थालेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

आख्यानकार अमर न्यौपाने बाह्रखरी कथा प्रतियोगितामा आएका केही कथा विषयका हिसाबले उत्कृष्ट रहे पनि शिल्प र प्रस्तुतिमा भने समस्या रहेको औंल्याए ।  “प्रतिनिधिमूलक कथा हेर्दा पलङ, टेबल, कुर्सी, दराज आदिको ठाउँमा रूख नै ल्याएर राखेजस्तो देखिन्छ,” उनले उदाहरण प्रस्तुत गर्दै भने, “ती रूखबाट अनगिन्ती सामग्रीहरू तयार पार्न सकिन्छ ।”

प्र्रतिस्पर्धामा सामेल भएका र छनौटमा परेका केही कथा हेर्दा विषयशैली र प्रस्तुतिगत विविधता भेट्टाइए पनि सबै ठाउँका कथा आउन नसकेको पनि उनले कमी महसुस गरे । “हामीकहाँ परम्परागत मानकहरू छन् । कथाको मूल्य छ । जसरी मानिसको आँखा, नाक, मुख, कान आदि हुँदा मात्रै मानिसको दर्जा दिन सकिँदैन, सास चाहिन्छ,” उनले बुझाइ थियो, “त्यस्तै कथामा पनि तत्त्व भएर मात्रै हुँदैन, सास अनिवार्य छ ।”

Global Ime bank

प्रतिस्पर्धामा कथा प्राणका दृष्टिले केही कथा स्तरीय र आयामिक भन्न सुहाउने रहेको उनको जिकिर थियो । यस्तै तर्क बिना थिङ तामाङको पनि छ । पहिलो संस्करणको प्रथम पुरस्कार राशि विजेतासमेत रहेकी तामाङले पनि शास्त्रीय मानक, मान्यता नपछ्याए पनि अहिलेका कथा लेखनले अलग्गै बाटो खनेको र त्यसले आख्यान क्षेत्र समृद्ध बनाउन टेवा पु¥याउने बताइन् ।

“शास्त्रीय कथा पढ्दापढ्दा एककिसिमले मोनोटोनस भएको थिएँ,” बाह्रखरी कथा प्रतियोगितको निर्णायकमा बस्दा त्यो मोनोटोनसबाट बाहिर आउन पाएँ,” उनले भनिन्, “ती पुरातन लय समातिरहेका र शास्त्रीय चिन्तन बोकेका कथाबाट बाहिर आउन एककिसिमले प्रेरणा नै मिल्यो ।”

आँसु र यौन सार्वभौम विषय 

छलफलको सहजीकरण बाह्रखरी बुक्सका सम्पादक तथा आख्यानकार राजेन्द्र पराजुलीले गरेका थिए । उनले नेपाली साहित्य आँसु र यौनकै वरिपरि घुमेकोबारे प्रश्न गरेका थिए । जवाफमा मदन पुरस्कार विजेता समेत रहेका अमर न्यौपानेले आँसु र यौन सार्वभौम कुरा भएकाले कथाबाट बाहिरिन नसक्ने जिकिर गरे ।

“जसरी मानिसको जीवनबाट आँसु र यौन बाहिरिन सक्दैन,” उनले आफ्नो तर्कलाई पुष्टि गर्दै भने, “जीवनका जे–जे अवयव छन्, कथामा पनि ती कुनै न कुनै रूपमा आउँछन् । मानिसका विषयहरू हटाएर कथामा कुन कुराको कल्पना गर्न सकिन्छ ?”

उनले कुनै समय कथामा महिला र पुरुषमात्रै कथाको केन्द्रीय चरित्र बन्ने गरेको बताउँदै अहिले त्यसमा पनि फेरबदल आइसकेको बताए । 

बाह्रखरी बुक्सको दोस्रो संस्करणको कथा प्रतियोगितमा मुना चौधरी प्रथम भएकी छिन् ।  उनको लार कथाले प्रतिस्पर्धामा सहभागी ६०० कथालाई उछिनेर प्रथम भएको हो ।  उनले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । श्रेयज सुवेदीको ‘बेजोडा’ कथा द्वितीय भएको छ । सुवेदीले ६० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा दीपेन्द्र दोङ तामाङ तेस्रो भए । ‘बुलेट बाइक’ कथाका लागि उनले ४० हजार नगद र प्रमाणपत्र हात पारेका छन् ।

यसवर्षको संस्करण माघ महिनामा घोषणा गरिएको थियो । वैशाख १२ गते नै विजेता घोषणा गर्ने तयारी गरेको थियो ।  चैत ११ गतेदेखि देशव्यापी लकडाउनको घोषणा भएपछि ६० दिन ढिला गरी भर्चुअल माध्यमबाट विजेता घोषणा गर्नुपरेको बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले जानकारी दिए ।  सोमबार डिजिटल र अडियो बुक पनि अनावरण गरिएको थियो  । उत्कृष्ट २५ मा परेका कथाहरू छिट्टै किताबका रूपमा प्रकाशन गरिने प्रतियोगिताका संयोजक राजेश खनालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement