site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनमा कालोबजार

बन्दाबन्दी (लकडाउन)पछि भारतको नोइडामा मदिरा र सुर्तीजन्य वस्तुको मूल्य दुई गुणा बढेको छ । मुम्बईदेखि पंजाबसम्म साधारण खाध्यान वस्तुको मूल्य औसतमा २० देखि ३० प्रतिशतसम्म बढेको देखिन्छ । वुूहानमा महिनौ लकडाउन हुँदा खाध्य संकटकै अवस्था नभए पनि खाध्यवस्तुको मूल्य बढेको नै थियो । इटालीमा खाद्यवस्तु र औषधिबाहेक सबै पसल बन्द रहे पनि खाद्य सामग्रीमा मूल्य बढेकै थियो ।

अहिले विश्वको लगभग एकतिहाइ भाग बन्दाबन्दीमा रहँदा बेरोजगारी बढेको छ । बेरोजगारीसँगै मूल्यवृद्धि हुँदा अर्थतन्त्र ध्वस्त हुने खतरा हुन्छ । यस अवस्थामा बेरोजगारीले आमदानी घट्ने तर अत्यावश्यक सामानको समेत मूल्य बढ्दा निकै सकस हुने देखिन्छ । बदनियत भएको व्यापारीले यस्तै समस्याका बीचमा मौका छोप्न खोज्छन् । 

नेपालमा भूकम्पपछि भारतले लगाएको नाकाबन्दीको समयमा पनि कालोबजारी गरेरै सम्पति जोड्ने समूह सक्रिय थियो । यसपटक पनि त्यस्तै अवस्था आउन सक्छ । बन्दाबन्दी कडा हुँदै गर्दा, कालोबजारी पनि सक्रिय हुने जोखिम हुन्छ । केही समयअघि भएको मास्क र स्यानिटाइजरको कालोबजारले पनि यसको पुष्टि गरिसकेको छ । एउटा समूहले सामान लुकाएर दस गुणा बढी मूल्य लिएर कालोबजारी ग¥यो भने अर्कोले कम गुणस्तरको निर्माण गरेर ठूलै नाफा निकाल्यो । मेडिकल किटबाट प्रशस्त कमाउने अवसर खोज्ने घीनलाग्दो आँट गर्ने जिम्मेवार पक्षको मातहतमा रहेका जनतालाई भने त्यसो गर्दा स्वाभाविक नै लाग्नसक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

के भयोभन्दा पनि कसरी आगामी दिन तय गर्ने बढी महत्त्वपूर्ण हुन्छ । कोरोनाको यो प्रभाव अकल्पनीय नै छ । विज्ञान कथाका लेखकहरूबाहेक अरूले एउटा भाइरसले यस्तो हंगामा मच्चाउला भनेर कल्पनै गरेको थिएन । 

नेपाली जनता आफूले गर्नसक्ने काम सतर्कता अपनाउने हो ।  अहिले जनताले सम्भव भएसम्म अपनाइरहेका पनि छन् । तर, कालोबजारीको भय समयमै बुझ्न आवश्यक छ । लकडाउनपश्चात नै सुरु भएको यातायातको समस्यामा एउटा चरम लापरवाही देखिन्छ । हुन त लकडाउन न्यूनतम समय दिएर सुरु गरिएकाले हो कि अहिले कतै एम्बुलेन्समा, कतै फलफूल तथा तरकारी अनि कतै खाद्यवस्तु बोक्ने गाडीमा मान्छे ओसारपसार भइरहेको सार्वजनिक भएको छ । यो संक्रमणका लागि कति डरलाग्दो हुन्छ भन्ने आफ्नो ठाउँमा छ तर अहिले यस क्षेत्रमा सुरुभएको यस्तो कालोबजारी आगामी दिनमा झन् बढ्ने जोखिम देखिन्छ ।

Global Ime bank

कालोबजारी देखिनथालेको अर्को महत्त्वपूर्ण क्षेत्र हो – किराना पसल । काठमाडौंमा अहिले देखिएको चाउचाउको अभाव यसको उदाहरण हो । सरकारले आपूर्तिमा कुनै समस्या नहुने जनाएर ढुवानीमा सहज वातावरण निर्माण गरे पनि सोचेअनुरुप सहज भने हुनसकेको देखिदैन । 

जनताले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको अनुभव गर्न थालेका छन् । लकडाउनमा मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा नजानु भनेको हो, फलफूललाई त हैन । तर, तरकारीलगायतका दैनिक उपभोगका वस्तुमा मुल्य बढ्नु कालोबजारी सुरु हुनु नै हो । एकातिर आन्तरिक उत्पादनमा मूल्य वृद्धि भएको छ भने आयातमा निर्भर हुनुपर्ने नुन र प्याजजस्ता वस्तुमा बेलैमा सजग हुनु आवश्यक छ । 

खाध्य उद्योगलाई चल्ने वातवरण बनाउने मन्त्रिपरिषद्को निर्णयअनुरुप दैनिक उपभागका वस्तुमा अभाव नहुनु पर्ने हो तर यस क्षेत्रमा पनि कालोबजारीको जोखिम उत्तिकै देखिन्छ । यसैले निगरानी गर्ने निकाय अलि सक्रिय भएमा कालोबजारीको मारमा सर्वसाधारण पर्ने थिएनन् ।

लकडाउनलाई अवसर बनाएर कालोबजारी हुने अर्को सम्भाव्य क्षेत्र औषधि पसल पनि हो । अतिआवश्यक वस्तुअन्तर्गत परे पनि हाल भारतसँगको नाका ठप्प भइरहँदा वैकल्पिक औषधिको विक्री बढी मात्रामा भएको देखिन्छ । मास्कको अभाव कायमै छ र गुणस्तरयुक्त स्यानिटाइजरको अभाव छ । भोलि अन्य औषधिको अभाव हुनसक्छ । त्यसबाहेक, सरसफाइका सामग्री ह्याण्ड वास, साबुन, मस्किटो रिपेलेंटहरुको पनि अभाव हुनसक्ने देखिन्छ । बन्दाबन्दीको अवधि अनिश्चित रहेको हुँदा जसरी पनि सामान थुपार्न खोज्नेहरूका कारणले समेत कालोबजारी बढ्नेछ ।

हुन त सरकारले कालोबजारीमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र सामान जफत गरी भाइरसको रोकथाम र उपचारमा उपयोग गर्ने निर्णय गरेको छ तर यतिबेला गुनासो गर्ने कसले र सुनुवाइ हुने कसको ?

भविष्यका लागि जोहो गर्ने मनसायले आत्तिएर खरिद गर्ने वा भाउ बढ्ने डरले अहिले किनिहाल्ने कारणले पनि नेपाली बजारमा अभाव देखिएको हुनसक्छ । अभावले निम्त्याएको र कसैको व्यक्तिगत स्वार्थमा गरिएको मूल्य वृद्धि फरक फरक हुन् । अभावले जन्माएको परिस्थितिलाई स्वीकार्नुको विकल्प हँुदैन । तर, अहिले यहाँ भएको मूल्य वृद्धि भने फरक प्रकृतिको हो । किसानले दूध नबिकेर फ्याल्नु पर्ने अवस्था, कुखुराको दाना नपाएर मर्नुपर्ने अवस्था एकातर्फ छ भने बिचौलिया यही समयमा मौका छोप्न आतुर देखिन्छन् । 

अहिले न एउटा नाउको पसल चलेको छ न माछा बिकेको छ । न हिजोजस्तो विप्रेषणबाट पैसा आएको छ न सेयर बेच्ने आधार नै छ, न घर जग्गाको कारोबार छ, न ड्राइभरको कमाइ । तर, कालोबजारीको भय कोरोना सरहै छ । यस अवस्थामा सरकारले कारबाहीको चेतावनी दिँदा पनि सल्बलाउन लागेको कालोबजारीप्रति बेलैमा सजग हुनु आवश्यक छ ।

रेग्मी राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रवन्धक हुन । विचार व्यक्तिगत हुन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement