site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अभिनेता निकको स्वास्थ्य जटिल

एजेन्सी । लामो समयदेखि कोरोनासँग लडिरहेका अभिनेता निक कार्डेरोको स्वास्थ्य जटिल बन्दै गएको उनकी पत्नीले जनाएकी छन् ।

निकपत्नी अमान्डाले बुधबार इन्स्टाग्राममा लाइभमा रुँदै निकको स्वास्थ्य झ्न बिग्रिँदै गएको भन्दै प्रार्थना गरिदिन आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, “निकको आजको बिहानी नराम्रो भएको छ । दुर्भाग्यवश, स्थिति खराब हुँदै गएको छ । त्यसैले म फेरि सबैलाई प्रार्थना गरिदिन आग्रह गर्छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मार्च अन्तिम सातादेखि कोरोनाको उपचारका लागि अस्पतालमा रहेका निकको संक्रमणकै  कारण दायाँ खुट्टा गुमाउनुपरेको थियो । निक लामो समय कोमामा पनि पुगेका थिए । 

“कृपया निकका लागि प्रार्थना गरिदिनुहोला । मलाई थाहा छ यो भाइरसले उसलाई कमजोर बनाउन सक्दैन । त्यसैले हामीलाई तपाईंको प्रार्थनामा सम्झिनुहोस्,” अमान्डाले भनिन् । दायाँ खुट्टाको शल्यक्रियाको केही सातामै अमान्डाले निक कोमाबाट बाहिरिएको र विस्तारै ठीक भइरहेको बताएकी थिइन् । 

अमान्डाको इन्स्टाग्राम पोस्टपछि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत निकको स्वास्थ्यलाभको कामना गरेका छन् । –सीएनएन
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ११:०९
प्रतिक्रिया दिनुहोस्