site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतद्वारा लिपुलेक हुँदै मानसरोवर जाने बाटो खुला 

काठमाडौं । भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो खुला गरेको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् उक्त सडकमार्गको उद्‌घाटन गरेका हुन् । 

रक्षामन्त्री सिंहले बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले निर्माण गरेको सडक सञ्‍जालको शुक्रबार उद्‌घाटन गरिएको ट्‍विटमार्फत् जनाएका छन् । 

उनले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढदेखि नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्‍ने सडक मार्गको निर्माण गर्ने बीआरओलाई धन्यवादसमेत व्यक्त गरेका छन् । 

सिंहले ट्विटमार्फत् बीआरओले सीमा जोड्नका लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा प्रशंसा गरेका छन् । उनले लेखेका छन्, "बीआरओले धेरै ठूलो काम गरेको छ । सीमा क्षेत्र जोड्‍न बीआरओको भूमिक महत्त्वपूर्ण छ ।"

यसअघि भारतले नोभेम्बर २०१९ मा एक राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा वैधानिकरुपमा आफ्नो बनाएको थियो । नेपालमा त्यसको चर्को विरोध भए पनि उक्त नक्सा सच्याइएको छैन । उल्टै सोही क्षेत्र हुँदै नेपालसँगको परामर्शबिना उक्त सडक मार्ग सञ्‍चालन गरिएको छ । 

 

Delighted to inaugurate the Link Road to Mansarovar Yatra today. The BRO achieved road connectivity from Dharchula to Lipulekh (China Border) known as Kailash-Mansarovar Yatra Route. Also flagged off a convoy of vehicles from Pithoragarh to Gunji through video conferencing. pic.twitter.com/S8yNeansJW

— Rajnath Singh (@rajnathsingh) May 8, 2020

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro