site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘लकडाउन मात्र समाधान होइन, परीक्षण बढाउनुपर्छ’ 

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ बाट लकडाउन गरेको छ । लकडाउनको आज ४४ दिन पुगेको छ  । जनस्वास्थ्य विज्ञहरूले भने कोरोना परीक्षणको दायरा अझै बढाउनुपर्ने बताउँदै आएका छन् । जनस्वास्थ्यविज्ञ समिरमणि दीक्षित पनि परीक्षणको दायरा बढाउनु पर्ने बताउँछन् । उनले संक्रमणको जोखिम कम रहेका जिल्लाहरू विस्तारै खुकुलो बनाउँदै जानुपर्ने सुझाएका छन् ।

“६ सातासम्म सरकारले कोरोना परीक्षण जसरी बढाउनुपर्ने हो त्योअनुसार बढाएको देखिँदैन,” उनले भने, “लक्षणका आधारमा पनि कोरोना परीक्षण गनुपर्ने हुन्छ । तर यस्तो देखिँदैन ।” सरकारले परीक्षण नबढाउने तर लकडाउन मात्रै कोरोना नियन्त्रणको समाधान ठानेको जिकिरसमेत गरे । “सरकारले परीक्षण बढाएको भए ६ सातासम्म संक्रमण भएको र नभएको पत्ता लाग्थ्यो । परीक्षण नहुँदा सरकारलाई थाहै हुन सकेको छैन, स्वयं अन्योलमा रहेको बुझ्न सकिन्छ ।”

काठमाडौ भित्रिएका मानिसलाई क्वारेन्टाइनमा राखेर आरडीटी परीक्षण भए पनि गर्नुपर्नेमा केही नगरी छाडिएको छ । जसकारण जोखिम बढेको छ । जबसम्म ती व्यक्तिको टे«सिङ हुँदैन, तबसम्म काठमाडौं सुरक्षित नहुने दीक्षितको भनाइ छ । 

Dabur Nepal

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पनि काठमाडौंमा भित्रिएका मानिसहरूको ट्रेसिङ नहुँदा जोखिम बढेको बताउँछन् । काठमाडौं सुरक्षित हुने भन्दै विभिन्न जिल्लाबाट पासको प्रयोग गरी आउने पनि धेरै छन्, जसकारण अबको १५ दिन थप कडा लकडाउन गनुपर्ने उनको सुझाव छ ।

“लकडाउन भनेको जनता घरमा राखेर सरकारले बाहिर तीव्र रूपमा काम गनुपर्ने हो तर ६ साता हुँदा परीक्षण एकदमै कम भएको छ,” उनले भने, “यदि सम्भावित विभिन्न स्थानबाट पर्याप्त स्वाब संकलन गरी परीक्षण गरेको भए कोरोना संक्रमण भए–नभएको थाहा हुन्थ्यो ।” लकडाउनको स्वरूप फेरेर अबको दुई सातासम्ममा तीव्र रूपमा पीसीआर परीक्षण गनुपर्ने उनको भनाइ छ । 

भुल्के र नेपालगन्जमा एउटा समुदायमा कोरोना बढी देखिएको छ । त्यस्तो समुदायहरू काठमाडौंमा पनि छ त्यस्ता स्थानमा परीक्षण बढाउनुपर्छ । मस्जिद, चर्च र होस्टेल जस्ता मानिस धेरै बस्ने स्थानमा सरकारले निगरानी बढाउनुपर्ने पाण्डेको सुझाव छ । लकडाउनका कारण बन्द रहेका विभिन्न उद्योगमा काम गर्ने मजदुरलाई आवासको व्यवस्था गरी सञ्चालनमा ल्याउँदा फरक नपर्ने उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना पीसीआरमा परीक्षण गर्ने किट २÷३ दिनलाई पुग्ने मौज्दात रहेको बताउँछन् । साथै किटलगायत विभिन्न स्वास्थ्य सामग्री चीनबाट आउँदै गरेको उनको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले खरिद गरेको पीसीआर रिएजेन्ट किट आउन अझै ५ देखि ६ दिन लाग्छ । किट अहिले धेरै स्थानमा सकिएको छ । 


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यसरी ठूलो संख्यामा संक्रमण देखिएको अवस्थामा संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरूमा चौबीस घण्टाभित्रै परीक्षण गर्नुपर्छ । 

नेपालगन्जमा तीव्र परीक्षण गर्नुपर्नेमा जम्मा रिएजेन्ट किट २५० वटा मात्र पठाएको नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा बताउँछिन् । “एक हजार किट मागेकामा जम्मा २५० वटा मात्र आएको छ, जुन पर्याप्त होइन,” उनले भनिन्, “विभागले अहिले सकिएको छ, थोरै–थोरै मात्र प्रयोग गरेर परीक्षण गर्न भनेको छ ।” 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो चौबीस घण्टामा दुवै विधिबाट गरी एक हजार पाँच सय ५२ नमुना परीक्षण भएको बताए । जसमध्ये मंगलबार पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको परीक्षण भएको छ । सोमबार १३ हजार ६ सय ४० जनाको परीक्षण भएको देवकोटाले जानकारी दिए । गत चौबीस घण्टामा दुई सय १० नमुना मात्रै परीक्षण भएको छ । अहिले देशभर १८ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro