site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३३ जना चिकित्सक टोली पुग्‍यो सुदूरपश्‍चिम, कुन जिल्लामा कति ?

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसको नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ जना चिकित्सकको टोली सुदूरपश्‍चिम पुगेको छ । 

नेपाल सरकारले कोरोना संक्रमितको उपचारका लागि ३३ चिकित्सकलाई सुदूरपश्‍चिम पठाएको हो । 

३३ जना सुदूरपश्‍चिम पुगिसकेको र उनीहरु सबै व्यवस्था प्रदेश सरकारले व्यहोर्ने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । 

उनीहरु कोरोना संक्रमितको उपचारमा खटिने मन्त्री सुवेदीले बताए । उनले भने, "आज ३३ जना चिकित्सक धनगढी पुग्‍नु भएको छ । उहाँहरुलाई भोलि सुदूरपश्‍चिमका विभिन्‍न जिल्लामा खटाइने भएको छ । 

कुन जिल्लामा कति ? 

अछाम - तीन
दार्चुला - तीन
बैतडी -तीन
डडेल्धुर -तीन 
बझाङ-दुई
कैलालीको टीकापुर - दुई
कञ्‍चनपुर - चार
कैलालीको धनगढी- १३ जना 

हाल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका पाँच जनाको उपचार भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro