site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोनासम्बन्धी गलत समाचार किन हानिकारक हुन्छन् ? गलत भएको कसरी थाहा पाउने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अहिले कोरोना भाइरस संक्रमणले विश्‍वभर संकटको स्थिति उत्‍पन्‍न गराएको छ । कोरोना भाइरसको संक्रमणसँगै कोरोना भाइरससम्बन्धीका गलत सूचनाको सम्प्रेषण द्रुत गतिमा भइरहेको छ । 

यस्ता सूचनाहरु एकसमयमा धेरै मानिससम्म पुग्‍ने गरेका छन् । यी गलत सूचना सम्रेषणको माध्यम सामाजिक सञ्‍जार र प्राइभेट म्यासेजिङ टुल बनेको छ । 

बीबीसी जेनाब बाडावीले कुनै सूचना सही अथवा गलत हो भनेर कसरी थाहा पाउने भन्‍ने विषयमा बताएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसको महामारी भइरहेका बेला कोरोना भाइरससम्बन्धीमा सूचनाहरु आदानप्रदान गर्नु हाम्रो परिवार र साथीभाइलाई सजग गराउन सहयोग गर्नु हो भन्‍ने हामीले महसुस गरेका हुन्छौं । 

कुनै पनि सञ्‍चारमाध्यमले सूचनाहरु प्रकाशन-प्रसारण गर्नुअघि सत्यतथ्य र पूर्ण छ कि छैन भनेर जाँच गर्न निकै मिहिनेत गर्नुपर्छ ।  तर, अधिकांश सूचनाहरु अहिलेको महामारीको अवस्थामा गलत भएर पनि थाहा नहुँदा र गलत हो भन्‍ने थाहा पाउँदापाउँदै सम्प्रेषण, प्रकाशन र प्रसारण गर्ने गरिएका छन् । 

Global Ime bank

गलत सूचना 

गलत सूचनाहरु निकै चाँडो फैलिन्छन् । यदि २० जनाको ह्वाटसअप ग्रुपमा कुनै सूचना पठाइयो भने त्यहाँ भएका २० जनाले थप २० जनालाई उक्त सूचना पठाउँछन् । यो क्रम पाँचपटक कम्तीमा हुन्छ । ३० लाखभन्दा बढी मानिससम्म यो गलत सूचना निकै चाँडो फैलिन्छ ।

ती गलत सूचनाहरु विभिन्‍न रुपमा आउनसक्छन् । पहिलो साझा रुप भनेको कुनै एक व्यक्तिले पठाएको खराब सुझाव र गलत उपायहरु रहेका सूचना जस्ता त्यस्तै कपी गरेर पेस्ट गर्दै अर्को साथीलाई अथवा ह्वाट्‍एप र फेसबुक ग्रुपमा पठाउने । किनकि उनीहरुले यस्तो सूचना कुनै साथीले अथवा उनीहरुले विश्‍वास गर्ने स्रोतमार्फत प्राप्त गरेका हुन्छन् । 

उक्त सूचना पहिलो पटक कसले लेख्यो र कहाँबाट आयो भन्‍ने थाहा हुँदैन । प्राय: यस्ता गलत सूचनाहरुमा अस्पष्ट स्रोतहरु जस्तै साथीको डाक्टर साथी, सेना अथवा सरकारी अधिकारीलाई उल्लेख गरिन्छ ।

उदाहरणका लागि ह्‍वाट्‍सएपमा एउटा अडियो सन्देश फैलिरहेको छ । उक्त सन्देशमा भनिएको सुझावलाई एक महिलाले अनुवाद गरिरहेकी छन् । जसमा उनले सन्देश पठाउने व्यक्ति स्पेनको ग्रान कानारिया टापुस्थित एक अस्पतालमा कार्यरत साथी भएको बताएकी छन् । उक्त सन्देशमा भनिएका केही कुराहरु जस्तो पटक-पटक हात धुने, मानिस बढी प्रयोग गर्ने र बस्‍ने स्थान सफा गर्नेलगायतका कुराहरु सहयोगी पनि छन् ।

तर, उक्त सन्देशमा केही गलत सुझावहरु पनि समावेश गरिएका छन् । जसमा भनिएको, "घामको किरणले भाइरसलाई कमजोर बनाउँछ । हरेक २० मिनेटमा तातो पानी पिउँदा भाइरस मर्छ ।" उक्त सन्देशमा भनिएको दाबीलाई पुष्टि गर्ने अहिलेसम्म कुनै वैज्ञानिक तथ्य फेला परेको छैन । 

यदि तपाईंलाई आएको सन्देश पूर्ण सत्य छैन भन्‍ने लागे पनि त्यसलाई सेयर गर्नु भएको छ भने त्यो थप हानीकारक हुन्छ । र, यदि स्रोत सजिलै पहिचान गर्न सकिने छैन भने उक्त सुझावसम्बन्धी कुनै स्टोरी र रिपोर्ट अन्यत्र आएको छैन भने त्यसलाई सेयर नगर्नु नै राम्रो हुन्छ र शंका गर्नु एकदम उपयुक्त हुन्छ ।

तस्बिरले पनि झुक्याउँछ !

कुनै फरक प्रसंगमा लिएको र अर्कै प्रसंगमा प्रयोग गरिएको तस्बिरले पनि भ्रम सिर्जना गर्छ । एउटा इटालीको भिडियोभन्दै ट्विटरमा पोस्ट गरिएको थियो । जसमा सैन्य सवारीहरु सडकमा देखिएका छन् । उनीहरुले कोरोना भाइरसका विषयमा सरकारविरुद्ध भइरहेको आन्दोलन रोक्नका लागि सेना परिचालन गरिएको भ्रम उक्त भिडियोमार्फत सिर्जना गरिएको थियो । तर, वास्तविकता भने उनीहरु आफ्नो नियमित अभ्यासबाट फर्किरहेका थिए । भिडियोमा देखाइएका सैनिक सवारी र कोरोना प्रकोपबीच कुनै सम्बन्ध नै थिएन । 

हाम्रा केही साथीहरुले कुनै सन्देश, सुझाव अथवा सूचना मजाक गर्नका लागि अथवा कसैलाई व्यंग्य गर्नका लागि पठाएका हुन्छन् । तर, उनीहरुले त्यस प्रसंगलाई सामान्यरुपमा लिए पनि अन्यले गम्भीर रुपमा लिएर त्यसको प्रतिक्रियासहित अन्य साथीहरुलाई सेयर गर्छन् । 

रुसमा मानिसहरुलाई आवतजावत बन्द गर्न र घरभित्रै बस्‍न दिनका लागि चिडियाखानामा रहेका बाघहरुलाई सडकमा छोडिएको दाबी गरिएको सूचना सामाजिक सञ्‍जालमा भाइरल भयो । उक्त सन्देश केहीले निकै गम्भीरताका साथ लिए । जसका कारण भाइरल भयो । तर, उक्त सन्देश गलत थियो र रुस सरकारको आलोचना गर्न र अधिनायकवादलाई व्यंग्य गर्न कसैले उक्त सन्देश तयार पारेर सम्प्रेषण गरेको थियो । 

सबैले कुनै सूचना कसैका लागि सहयोगी बनोस् भनेर सेयर गर्छौं । तर, तपाईंले कुनै सूचना कसैलाई पठाउनुभन्दा पहिले यी कुरामा ध्यान दिने :

- के तपाईंले प्राप्त गरेको सूचनासम्बन्धी जानकारी अथवा थप विवरण अन्यत्र कतै प्रकाशित भएको छ ? 
- के तपाईंले प्राप्त गरेको सूचनाको स्रोत विश्वसनीय छ ?
- के तपाईंले प्राप्त गरेको सन्देशको तस्बिर अथवा भिडियो प्रसंगबेगरको छ कि ?
- यदि तपाईं उक्त सूचनाप्रति ढुक्‍क हुनुहुन्‍न भने त्यो गलत पनि हुनसक्छ ?
- यस्ता सूचनाहरु तपाईंकोमा आइपुगेका छन् भने अन्यलाई पनि सेयर गरेर भ्रम सिर्जना गर्ने र हानी गराउने कामलाई रोक्‍नुहोस् ।
- यदि तपाईंलाई कुनै मेडिकल सुझावहरु लिनुपर्नेछ भने विश्‍व स्वास्थ्य संगठनको वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ ।
- यदि तपाईंलाई कुनै समाचार गलत हो भन्‍ने लाग्छ भने तपाईंले विश्‍वसनीय समाचार वेबसाइटहरु हेर्नसक्नुहुन्छ ।

(बीबीसीको सहयोगमा तयार पारिएको सामग्री)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement