site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
चितवनमा र्‍यापिड टेस्ट तीव्र बनाइँदै
Sarbottam CementSarbottam Cement

चितवन । विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाहरूका लागि र्‍यापिड डाइग्नोस्टिक परीक्षणलाई (आरडीटी) तीव्र बनाइएको छ । 

जिल्लामा ३० सार्वजनिकसहित ६ सय २१ जना होम क्वारेन्टाइनमा छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विदेशबाट आएर घरको र सार्वजनिक क्वारेन्टाइनमा १४ दिन पूरा गरेकाहरूको परीक्षण सुरु गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म कालिका नगरपालिकामा रहेका ३९ जनाको परीक्षण सम्पन्न भएको उनले जानकारी दिए । अन्य स्थानीय तहले आइतबार परीक्षण किट बुझेर लगेका छन् । हालसम्म परीक्षण गरिएका सबै स्थानीय तहमा गरिएका परीक्षणहरूको नतिजा नेगेटिभ आएको छ ।

परीक्षणका क्रममा नेगेटिभ नभई रियाक्टिभ अर्थात् शरीरमा भाइरस भएको देखिए पीसीआर परीक्षण गरिनेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मंगलबारसम्ममा सार्वजनिक र घरको क्वारेन्टाइनमा रहेका ६ सय २१ जनाको परीक्षण सम्पन्न गर्ने तयारी गरिएको छ । हाल माडी, कालिका र राप्ती नगरपालिकामा सार्वजनिक क्वारेन्टाइनमा ३० जना छन् । अरू सबै घरको क्वारेन्टाइनमा रहेको भट्टराईले बताए । 

Global Ime bank

भट्टराईका अनुसार आरडीटी परीक्षणमा नेगेटिभ देखिएसँगै सबैलाई क्वारेन्टाइनबाट मुक्त गरिनेछ । रत्ननगर र माडी नगरपालिकामा परीक्षणका क्रममा रियाक्टिभ देखिए पीसीआरका लागि स्वाब संकलन गर्न आवश्यक सामग्रीसमेत पठाइएको उनले बताए ।

यसैगरी कोरोना संक्रमणको जोखिम र त्रास बढ्दै गएपछि प्रशासनले मठ, मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक स्थलहरूमा अनुगमन तीव्र बनाएको छ । लकडाउनपछि ती स्थलहरूमा बाहिरबाट मानिस आएर आश्रय लिएर बस्न सक्ने भन्दै अनुगमन चुस्त बनाइएको हो । भट्टराईले त्यस्ता स्थलहरूमा समूहमा नबस्न र लकडाउनपछि कोही आएको जानकारी भए तत्काल स्थानीय प्रशासनलाई खबर गरिदिन पनि आग्रह गरेका छन् ।

आइतबार दिउँसोबाटै धार्मिक संघ–संस्थाहरूको अनुगमन गर्न सुरक्षा निकाय परिचालन गरिएको छ । ती ठाउँहरूमा समूहमा रहेको भेटिए सार्वजनिक क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । धार्मिक स्थलहरूमा समूहमा गरिने नियमित पूजापाठलाई हालका लागि रोक्न निर्देशन दिइएको उनले जानकारी दिए ।

चितवनमा लकडाउनका क्रममा सुनसान बनेको सडक । फाइल तस्बिर : बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement