site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
दाङमा छैनन् कोरोना संक्रमित

दाङ । दाङबाट स्वाब परीक्षणका लागि पठाइएका नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । अर्थात् जिल्लाका क्वारेन्टाइनमा रहेका मध्ये परीक्षण गरिएका कसैमा पनि संक्रमण देखिएको छैन ।

बेलझुण्डीमा निर्माण गरिएको कोरोना विशेष अस्पतालबाट ३६ वटा नमुना परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ‘ती मध्ये ३५ वटाको रिपोर्ट आउँदा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन’, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अधिकृत कमल चन्दले भने, ‘बाँकी एउटाको परीक्षण रिपोर्ट संभवतः आइतबार बेलुकासम्म आउने छ ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी नेगेटिभ रिपोर्ट आएकाहरुलाई सतर्कता अपनाउनका लागि सुझाव दिँदै घरमा पठाउने र कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिने गरिएको पनि चन्दले बताए ।

उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षणका लागि पठाइएका ५ जना मध्ये सबैको रिपोर्ट आइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले पनि विशेष सुझावका साथ उनीहरुलाई घरमै पठाएको छ ।

यसैबीच कोरोना संक्रमण परीक्षण गर्नका लागि दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने भनिएको ल्याब मेसिन काठमाडौंमा आइपुगेको र त्यहाँ त्यो मेसिनको परीक्षणपछि मात्र यहाँ ल्याउने जानकारी पनि प्रतिष्ठानले दिएको छ । ‘यसो गर्दा अबको एक साता जतिमा मेसिन आइपुग्ला’ प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १५:१६
प्रतिक्रिया दिनुहोस्