site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 संक्रमण रोक्न अपनाउनुपर्ने उपायहरू ! 

कोरोनाभाइरस (कोभिड –१९) को विश्वव्यापी माहमारीका कारण हाम्रो देश नेपाल पनि विगत दुई साताभन्दा बढीदेखि बन्दाबन्दी (लक डाउन)को अवस्थामा छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ( नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना)बाहेक सबै दैनिक कार्य छाडेर गरी घरभित्र बसेका छन् । जोखिमपूर्ण कार्यमा खटिएका चिकित्सक र सुरक्षाकर्मीसँग यो बेला आर्थिक सहयोग नलिने र उनीहरूको सुविधा कटौती गर्ने हैन थप प्रोत्साहन दिनु उचित हुनेछ । बरु घरमै बसेका जनप्रतिनिधिलगायत अन्य कर्मचारी तथा व्यापारी व्यवसायीसँग उचित सहयोग मागौँ । अनि सांसदको एकल तजबिजले खर्च गरिने अर्बाैँ रकमका सङ्घ र प्रदेश तहका स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम स्थगित गरी दैनिक ज्याला मजदुरी गरी जीविका चलाउनेहरुका लागि उचित सहायता र संक्रमितहरुको उपचारमा खर्च गर्ने निर्णय गरे बेस होला सरकार । बेलैमा सोचौँ ! भगवानले हामिलाई समय दिए पनि हामी र हाम्रो सरकार अझै सही बाटोमा हिँड्न नसकेको निष्कर्ष व्याप्त छ । 
यो लकडाउनलाई अझै प्रभावकारी बनाउन केही सुझावहरु राख्न चाहन्छु :

१. सर्वप्रथम सामाजिकरूपमा दूरी कायम रहने गरी सर्वसाधारणलाई सहज हुने खालका नियमहरु बनाउने ।

Prabhu Bank
Agni Group
NIC Asia

२. खाद्यान्न तरकारीलगायत उपभोग्य सामानको वितरण २४ घन्टा खुला राख्ने जस्ले गर्दा उपभोक्ताहरुलाई समय मिलाएर जान सहज होस् ।

३. बैंक र वित्तीय संस्थाहरुलाई सबै ठाँउमा सबै समय खुल्ला राख्न लगाउने । यसले आर्थिक अवस्थामा अवरोध आउनेछैन ।

Global Ime bank

४. उद्योग धन्दालगायत कृषि उत्पादनहरुलाई सरकारले आवश्यक सतर्कता अपनाई सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्छ । यसो गर्न सके देशलाई आर्थिक संकटबाट बचाउनुका साथै कालो बजारी र अभावबाट जनतालाई जोगाउन सकिन्छ ।

५. सरकारले तत्काल माथिका कदम चाल्न सरोकारवाला र राजनीतिक दलहरुसँग छलफल चलाउनु जरुरी छ ।

६. कोभिड – १९बाट देश र जनतालाई बचाउन सबैभन्दा जरुरी सामाजिक दूरी कायम राख्न कडाइ गर्ने, परीक्षणको दायरालाई फराकिलो बनाउने, युद्ध स्थरमा आवश्यक उपकरण र औषधिको व्यवस्था गरी यो रोगलाई रोकथाम गर्न अन्य विदेशीले गरेका राम्रा कामबाट सिक्तै कमजोरी हाटाएर सफलता प्राप्त गरौँ 
नयाँ वर्षमा २०७७ शुभ होस् ! 

(गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका उपनेता) 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय