site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोना संक्रमणको आशंका गरिएका दुई युवामा नेगेटिभ रिपोर्ट
Sarbottam CementSarbottam Cement

दाङ । दाङबाट कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई युवामा नेगेटिभ देखिएको छ ।

भारतको गोलगाँउबाट आएका घोराही उपमहानगरपालिका १७ का १७ वर्षीय किशोर र जापानबाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देवले शुक्रबार उनीहरु दुवैमा कोरोना संक्रमण फेला नपरेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई दिनअघि  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले उनीहरुको स्बाव लगेर आफैं काठमाडौं थिइन् । शुक्रबार मात्रै त्यसको रिपोर्ट सार्वजनिक भएको हो । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुक्रबार उक्त रिपोर्ट दिएको हो ।

कोरोना भाइरसको आशंकापछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भई उपचार गराइरहेका उनीहरुलाई शुक्रबारै डिस्चार्ज गरी घर पठाउने कायममुकायम रजिस्ट्रार देवले जानकारी दिए । तर उनीहरुलाई घरमा गए पनि क्‍वारेन्टाइनमा बस्‍न सल्लाह दिने देवले बताए । आइसोलेनमा रहेर उपचाररत थप तीनजना आशंका गरिएका बिरामीको रिपोर्ट भने अझैं आइपुगेको छैन ।

Global Ime bank

बुटवलबाट आएको चिकित्सकको टोलीले चैत ९ गते प्रतिष्ठानमा आएको उनीहरुको नमुना संकलन गरेर लगेको थियो । उनीहरुमध्ये एकजना घोराहीका र थप दुईजना गढवा गाउँपालिकाका युवा हुन् । उनीहरु सबै भारतबाट आएका युवा रहेको प्रतिष्ठानले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय