site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पशुपतिले ल्याए– ‘लुट्न सके लुट्’ भाग–२ ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लुट्न सके लुट्’ भाग–२ का रुपमा ‘जता पनि चोर’ बोलको गीत सार्वजनिक गरेका हुन् । 

शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ बोलको गीतमा विद्यमान भ्रष्टाचार, वेथिति र ठग प्रवृत्तिप्रति व्यङ्य गरिएको छ । राजनीतिक तथा सामाजिक विक्रिति विरुद्ध व्यङ्ग्य गरिएको गीतले विक्रिति, विसङ्गती र भ्रष्टचाररहित समाजको परिकल्पना गरेको छ । 

पशुपतिले गत वर्ष ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत सार्वजनिक गरेका थिए । नेपालको राजनीतिक संस्कार र त्यसले सिर्जना गरेको अवस्थालाई तीखो व्यङ्ग्य गरेको उक्त गीतको  राजनीतिक दल तथा तिनका कार्यकर्ताले चर्को विरोध गरेका थिए । 

Global Ime bank

संसद्मा समेत चर्काचर्की बहस भएपछि पशुपतिले उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए । त्यसकै अर्को भागमा रुपमा उनले ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ बोलको गीत ल्याएका हुन् । 


NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय