site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा, पौडेल र सिटौलाबीच बूढानिलकण्ठमा छलफल, विवाद समाधान गर्ने सहमति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ । 

सभापति देउवा निवास बूढानिलकण्ठमा आइतबार साँझ भएको तीनै शीर्ष नेताबीच छलफल भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार सहमतिमै पार्टीमा देखिएको विवाद समाधानका लागि तीनै नेता सहमत भएका छन् । उनले भने, "वरिष्ठ नेता भोलि नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँ तीन-चार दिनपछि फर्किनुहुन्छ । यसबीचमा थप छलफल गरेर विवाद समाधान गर्ने सहमति भएको छ ।" 

यसअघि शनिबार सभापति देउवाले पौडेल र सिटौलालाई फोन गरेर पार्टीको विवाद समाधान गर्न आइतबारको छलफलका लागि आग्रह गरेका थिए । 

Global Ime bank

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ देखि बस्‍न सकेको छैन । विभाग गठन, महाधिवेशनको कार्यतालिकालगायतका विषयलाई लिएर संस्थापन इतरले बैठक बहिष्कार गरेको थियो । 

पुस ११ बसेको केन्द्रीय कार्यसमितिको बहुमतको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । पौडेल पक्षले उक्त निर्णय खारेजको माग गरेपछि देउवा तयार भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement