विदेश

तेहरान । इरानको राजधानी तेहरानस्थित युक्रेनको बोइङ ७३७ विमानमा रहेका सबै यात्रुमध्ये जिवितको सम्भावना कमै रहेको त्यहाँको रेड क्रिसेन्टले जनाएको छ ।
उक्तः विमान आज बिहान उड्नासाथ दुर्घटनामा परेको थियो । उक्तः विमान युक्रेन इन्टरनेसनल एयरलाइन्सको भएको बीबीसीले जनाएको छ ।
विमान युक्रेनको राजधानीतर्फ जान लागेको थियो । दुर्घटना अहिले इरान र अमेरिकाबीचको तनावसँग सम्बन्धित हो वा होइन भन्नेबारेमा अहिलेसम्म केही बताइएको छैन । रोयटर्सका अनुसार विमानमा आगो लागेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६ ११:५८
प्रतिक्रिया दिनुहोस्