
इरान । इरानले सेना प्रमुख कासिम सुलेमानीको हत्याको बदलास्वरुप अमेरिकी सेनामाथि आक्रमण गरेको छ । इरानले इराकको एन अल–असाद र इरबिलस्थित अमेरिकी क्याम्पमा रकेट आक्रमण गरेको हो ।
इरानको सरकारी मिडियाले सेनाका जनरल कासिम सुलेमानीको हत्याको बदला स्वरुप उक्त आक्रमण गरिएको जनाएको छ । अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बगदादमा ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरिएको थियो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा अवस्थित अमेरिकी सेनाका दुई ठेगानामा एक दर्जन बढी मिसाइल आक्रमण गरिएको पुष्टि गरेको छ ।
सुलेमानीको हत्या भएपछि इरानका सर्वोच्च धर्मिक नेता आयतोल्लाह अली खमेनइले अपराधीहरुलाई नछाड्ने प्रतिक्रिया दिएका थिए । यदि इरान ‘बदला’ मा को भाव उत्पन्न भएको हो भने उसँग सैन्य क्षमता कति छ र उसको सेना कति शक्तिशाली छ भन्ने अहम् प्रश्न खडा भएको छ ।
ब्रिटेनको थिंक ट्यांक इन्टरनेशनल इंस्टिट्यूट फर स्ट्राटेजिक स्टडिजका अनुसार इरानमा झन्डै पाँचलाख २३ हजार सक्रिय सैनिक छन् ।
जसमा इरानी सेनाका साढे तीनलाख र इस्लामिक रिभोल्युसनरी गार्ड्स (आईआरजीसी) का डेढलाख सैन्यकर्मी पर्दछन् । यसका साथै इरानसँग रिभोल्युसनरी गार्ड्सका २० हजार नौ सैनिक पनि छन् ।
मिसाइल इरानी सैन्य शक्तिको प्रमुख हिस्सा मानिन्छ । अमेरिकाको रक्षा विभागले पनि मध्य पूर्वी देशहरुमध्ये इरानको मिसाइल शक्ति सबैभन्दा बढी रहेको स्वीकार गरिसकेको छ । कयौं वर्षदेखिको प्रतिबन्धका कारण इरान आप्mना लागि ड्रोन विकसित गर्न सफल भएको छ ।