site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको चेतावनी : अझै कडा जवाफ दिन्छौं

तेहरान । इरान सरकारका प्रवक्ता अली राबेइले आज इराकस्थित अमेरिकी अखडामा गरिएको हमलालाई लिएर रिभुलस्नरी गार्डप्रति आभार व्यक्त गरेका छन् । 

सरकारले गार्डले आफ्नो बाचा पूरा गरेको जनाएको छ । हमलालाई जायज ठान्दै उनले भनेका छन्,‘‘हामी लडाई चाहँदैनौं । यदि फेरि पनि कुनै हमला हुन्छ भने त्यसको अझ कडा जवाफ दिनेछौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता भारतका विदेश मन्त्रालयका प्रवक्ता रभीशकुमारले मध्यपूर्वको अहिलेको अवस्थालाई लिएर एक एडभाइजरी जारी गरेका छन् । उनले सबै भारतीय यात्रुलाई अर्को सूचना नआए सम्म इराकको यात्रा बन्द गर्न आग्रह गरेका छन् । 
उनले इराकमा रहेका नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन् । 

रभीशकुमारका अनुसार इराकको बगदाद र इरबिल शहरमा रहेका भारतीय दूतावासले सामान्य दिनको जस्तै काम गरिरहने र इराकमा रहेका हरेका भारतीयका लागि उपलब्ध हुने जनाएका छन् ।  भारतले इरान, इराक र अन्य खाडी क्षेत्रमा हवाई उडान नगर्न समेत बिमान कम्पनीहरुलाई आग्रह गरेको छ ।
(बीबीसी)
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ११:४५
प्रतिक्रिया दिनुहोस्