विदेश

नयाँ दिल्ली । भारतकी फिल्म अभिनेत्री दीपिका पादुकोण मंगलबार साँझ नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटी(जेएनयु)मा पुगेर हालै आक्रमणको शिकार भएका विद्यार्थीलाई समर्थन जनाएकी छन् ।
दुई दिनअघि जेएनयुमा केही नकाबपोश मानिसले त्यहाँका विद्यार्थी र शिक्षकलाई निशाना बनाउनुका साथै तोडफोडसमेत गरेका थिए । यसपछि नयाँ दिल्ली समेत देशका कैयौं क्षेत्रमा विद्यार्थी र अन्य मानिसले घटनाको निन्दा गरेका छन् । (बीबीसी)
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६ ०८:०६
प्रतिक्रिया दिनुहोस्