site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ५० को मृत्यु

तेहरान । गएको शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिमा भएको भागदौडका क्रममा मंगलबार कम्तिमा ५० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका छन् । 

यो घटना यस्तो  समयमा भएको छ जुनबेला किर्मान शहरमा सुलेमानीको अन्त्येस्टिका क्रममा ठूलो संख्यामा मानिसहरु जुटेका थिए । भागदौड किन मच्चियो भन्ने कुरा खुलेको छैन । सुलेमानी किर्मान शहरकै बासिन्दा हुन् । उनको शव इराकबाट अहवाज, तेहरान र त्यहाँबाट किर्बान ल्याइएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यहीँ उनको अन्तिम संस्कार भएको हो । यो घटनाका कारण अन्तिम संस्कारमा ढिलाइ भएको छ । इरानको आपतकालीन सेवाका प्रमुखले भनेका छन् कि जनरल कासिम सुलेमानीको अन्येष्टिको क्रममा मच्चिएको भागदौडमा कैयौँ मानिस मारिएका छन् ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेइपछिका दोस्रो शक्तिशाली व्यक्ति मानिन्थ्यो । जबकी अमेरिका उनलाई आफनो सैनिकको मृत्युको लागि जिम्बेबार आतंकबादी मान्दथ्यो । सुलेमानी कुद्स फोर्स नामको एक सैन्य टुकडीका प्रमुख थिए । 

यो टुकडी एक हिसाबले इरानको सेना जस्तो हो जो अलग अलग देशमा इरानी हितको हिसाबले कसैलाई साथ दिने र कसैलाई विरोध गर्ने गर्दछ । 

यसलाई यस्तोपनि भनिन्छ कि इरानमा भन्नका लागि विदेशमन्त्री हुन्छन् तर वास्तविक विदेशमन्त्रीको भूमिका कुदर््स फोर्सको प्रमुखले निभाउने गर्दछ । (बीबीसी)

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०७:०९
प्रतिक्रिया दिनुहोस्