विदेश

हङकङ । हङकङका कार्यकारी प्रमुख केरी लामले आफूले बेइजिङद्वारा पठाइएका नयाँ दूतसँग मिलेर काम गर्ने बताएकी छन् । उनले मंगलबार हङकङमा आयोजित कार्यक्रममा सो कुरा बताएकी हुन् । विगत ६ महिनादेखि हङकङमा आन्दोलन चर्किरहे पनि त्यहाँको प्रशासनले नियन्त्रण गर्न नसकिरहेको बेलामा बेइजिङले केही दिनअघि मात्रै लियाजो अफिसको प्रमुखको रुपमा लुओ हुइनिङलाई पठाएको थियो ।
यसअघि सो पदमा वाङ झिमिन रहेका थिए । त्यहाँको संकट समाधानको लागि हङकङ प्रशासनको काममा चित्त नबुझेर नै बेइजिङले नयाँ दूत पठाएको अनुमान गरिँदै आएको छ । (रोयटर्स)
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६ ०९:४२
प्रतिक्रिया दिनुहोस्