site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले इराक नछोड्ने ? कमान्डरको पत्रले अन्योल

वाशिङटन । इराकस्थित अमेरिकी सेनाका कमान्डरले इराकी रक्षा मन्त्रालयलाई पठाएको भनिएको पत्रले अन्योलको अवस्था उत्पन्न भए पनि अमेरिकी रक्षामन्त्री मार्क इस्परले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने कुरा अस्वीकार गरेका छन् । 

इराकी सांसदहरुले अमेरिकीलगायत विदेशी सेना फिर्ताको कुरा गरेपछि अमेरिकी रक्षामन्त्रीले सो कुरा बताएका हुन् । 

तर, इराकस्थित अमेरिकाका  ब्रिगेडियर जनरल विलियम एच सेलीले इराकी रक्षा मन्त्रालयलाई पठाएको पत्रमा भने त्यहाँबाट अमेरिकी सेना फिर्ता हुने संकेत गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, सो पत्र आधिकारिक हो वा होइन भन्ने प्रष्ट भएको छैन । इराकीहरुले नै भ्रम फैलाउन त्यस्तो पत्र सार्वजनिक गरेको हुन सक्ने अनुमान पनि गरिएको छ । 

अमेरिकी रक्षामन्त्रीले भने सेना फिर्ता गर्ने बारेमा निर्णय नभएको जनाएका छन् ।  

अमेरिकी आक्रमणमा इरानका सैन्य कमान्डर कासिम सोलेमानीको मृत्यु भएपछि अमेरिकालाई अहिले इराक छोड्न दबाब बढेको छ । 

गएको आइतबार मात्रै इराकी संसदले प्रस्ताव पास गरेर विदेशी सेना पठाउने भनेको थियो । 

उता अमेरिकी सेनाको ज्वाइन्ट चिफ अफ स्टाफका प्रमुख मार्क मिलेले सो पत्रमा त्रुटि भएको जनाएका छन् । सो पत्रमा हस्ताक्षर पनि नभएको र इराकीले नै पठाएको हुन सक्ने अनुमान गरेका छन् । उनले  अमेरिकी सेनाले इराक नछोड्ने बताएका छन् ।
यस्तो छ पत्र

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  ०७:४१
प्रतिक्रिया दिनुहोस्